पश्चिम एसियामा रहेका नेपाली नागरिकको राहतका लागि १ करोड रुपैयाँको कोष स्थापना
सारांश
- एनआरएनएले मध्यपूर्वमा रहेका नेपालीको राहतका लागि १ करोड रुपैयाँको कोष स्थापना गरेको छ।
- नयाँ कार्यसमितिले सदस्यहरूबाट रकम संकलन गरी मध्यपूर्वमा रहेका नेपालीलाई सहयोग गर्ने निर्णय गरेको छ।
- एनआरएनएका पदाधिकारीहरूले राजनीतिक दल वा भ्रातृ संगठनमा आवद्ध नहुने प्रतिबद्धता जनाएका छन्।
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले पश्चिम एसियामा रहेका नेपाली नागरिकको राहतका लागि १ करोड रुपैयाँको कोष स्थापना गरेको छ ।
संघको १२औँ महाधिवेशनबाट गठन भएको नयाँ कार्यसमितिको बुधबार बसेको बैठकले तत्काल उक्त रकमको कोष स्थापना गरी कार्यान्वयनमा ल्याउने निर्णय गरेको अध्यक्ष डा. हेमराज शर्माले जानकारी दिए ।
बैठकले संघका पदाधिकारी तथा सदस्यहरूबाट न्यूनतम १ करोड रुपैयाँ संकलन गर्ने र पश्चिम एसियामा रहेका नेपालीको सहयोगका लागि विशेष टास्क फोर्समार्फत खर्च गर्ने निर्णय गरेको छ ।
हाल संघमा करिब १ लाख ३० हजार सदस्य रहेको र प्रत्येक सदस्यबाट कम्तीमा १ डलर संकलन गर्ने योजना पनि बनाइएको छ । यस कोषलाई कार्यकालभर ६ करोड रुपैयाँसम्म पुर्याउने लक्ष्य राखिएको छ ।
त्यस्तै, एनआरएनएका पदाधिकारीहरूले कुनै पनि राजनीतिक दल वा भ्रातृ संगठनमा आवद्ध नहुने प्रतिबद्धता जनाएका छन् ।
सामाजिक सञ्जालमार्फत राजनीतिक टिप्पणी, गालीगलौज वा व्यक्तिगत चरित्रहत्या नगर्ने भन्दै प्रतिबद्धतापत्रमा हस्ताक्षर गरिएको जनाइएको छ । राजनीतिक दलमा आवद्ध रहेका पदाधिकारीहरूले राजीनामा दिने तयारीसमेत गरिएको छ ।
बैठकले सचिवालय व्यवस्थापनलगायत अन्य प्रशासनिक निर्णय पनि गरेको छ । नवगठित कार्यसमितिको बैठक शुक्रबारसम्म जारी रहने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन
-
भन्सालीको ‘लभ एन्ड वार’ को सेटमा भयानक दुघर्टना, एक जनाको मृत्यु
-
टिपर दुर्घटनामा चालकको मृत्यु
-
पूर्वप्रधानन्यायाधीश पराजुली भन्छन्, ‘न्यायाधीशलाई गोलाप्रथाबाट मुद्दा तोक्ने व्यवस्था संविधानसम्मत छैन’
-
‘झिंगे दाउ २’ असोजमा रिलिज हुने
-
जैविक धरातलको संरक्षणमा नेपाल अद्वितीय छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण