इरानी गुप्तचर मन्त्री खातिब मारिएको पुष्टि
सारांश
- इरानी राष्ट्रपतिले गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्युको पुष्टि गरेका छन्।
- इजरायलले खातिब मंगलबार राति हवाई आक्रमणमा मारिएको दाबी गरेको थियो।
- राष्ट्रपति पेजेश्कियानले खातिब, अली लारिजानी र अजिज नासिरजादेहको हत्या भएको बताए।
तेहरान । इरानी राष्ट्रपति मसूद पेजेश्कियानले आफ्ना गुप्तचर मन्त्री इस्माइल खातिब मारिएको पुष्टि गरेका छन्। राष्ट्रपति पेजेश्कियानले बुधवार सो कुराको पुष्टि गरेका हुन् ।
सामाजिक सञ्जाल एक्समार्फत राष्ट्रपति पेजेश्कियानले मन्त्री खातिब मारिएको पुष्टि गरेका हुन् ।
राष्ट्रपति पेजेश्कियानले भनेका छन्– ‘मेरा प्रिय सहकर्मी इस्माइल खातिब, अली लारिजानी र अजिज नासिरजादेहको कायरतापूर्ण हत्या गरिएको छ, साथै उनीहरूका परिवारका केही सदस्यहरूको मृत्युले हामीलाई गहिरो शोकमा पारेको छ।’
उनले थप लेखेका छन्– ‘दुई मन्त्रिपरिषद् सदस्यहरू, शुरा सचिव र सैन्य तथा बासिज कमान्डरहरूको शहादतको लागि म इरानका जनताप्रति गहिरो समवेदना व्यक्त गर्दछु।’
इजरायलले खतिब मंगलबार राति हवाई आक्रमणमा मारिएको दाबी गरेको थियो । बुधबार इजरायली रक्षा बल (आइडीएफ) ले मन्त्री खातिबको हत्याबारे थप विवरणहरू सार्वजनिक गरेको थियो। आइडीएफले यो आक्रमण तेहरानमा ‘लक्षित आक्रमण’ भएको बताएको छ ।
इरानका शीर्ष सुरक्षा अधिकारी लारिजानी र रक्षा मन्त्री नासिरजादेहको मृत्युको भने पुष्टि भइसकेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण कोरियाविरुद्ध दक्षिण अफ्रिकाको अग्रता, मसेकोको गोलले खेलमा रोमाञ्चक मोड
-
मेक्सिकोको दोस्रो प्रहार, चेक गणतन्त्र २–० ले पछि
-
चेक गणतन्त्रविरुद्ध मेक्सिकोको अग्रता, चाभेजको गोल
-
फिफाद्वारा एन्फा निलम्बित
-
रोनाल्डो र मेस्सीले अझै तोड्न नसकेको त्यो कीर्तिमान
-
डिभिजन वन कार्यालय रौतहटका प्रमुखको सरुवा कार्यान्वयन गर्न चुरे अभियानको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण