जोरपाटीमा ग्याङ फाइट गर्ने ३ जना पक्राउ
बुधबार, ०४ चैत २०८२, २२ : २६
सारांश
- काठमाडौँको जोरपाटीमा ग्याङ फाइटमा संलग्न ३ जना पक्राउ परेका छन्।
- मंगलबार राति जन्मदिन मनाएर फर्किने क्रममा उनीहरूले चामुण्डा गेटमा ग्याङ फाइट गरेका थिए।
- पक्राउ परेकाहरुमा खगेन्द्र मल्ल, माधव तामाङ र एक जना अन्य रहेका छन्।
काठमाडौँ । काठमाडौँको जोरपाटीमा ग्याङ फाइट गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । मङ्गलवार राति जन्मदिन मनाएर फर्किँदै गर्दा चामुण्डा गेटमा ग्याङ फाइट गरेर भाग्दै गरेका दुई जनालाई प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
अर्का एक जनालाई बुधवार पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा खगेन्द्र मल्ल, माधव तामाङ र अर्का एक जना छन् । फरक समूहका किशोरहरूलाई कुट्नेहरू विरुद्ध प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले इरानमाथिको तेल प्रतिबन्ध बनायो खुकुलो
-
कतारको ग्यास प्रशोधन केन्द्रमा भएको विस्फोटमा मर्नेमा १२ जना भारतीय नागरिक
-
ठेक्कापट्टाको ढिलासुस्ती र ‘लो बिडिङ’ अन्त्य गर्ने गरी सार्वजनिक खरिद ऐन संशोधन गरिँदै
-
‘अमेरिकी कृषि उत्पादन किन्नु पर्ने इरानको कुनै बाध्यता छैन’
-
भक्तपुरमा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी
-
टर्की र बेलायत पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण