कतारको औद्योगिक क्षेत्रमा इरानद्वारा मिसाइल प्रहार: सार्वभौमसत्ताको घोर उल्लङ्घन भन्दै कतारद्वारा निन्दा
सारांश
- इरानले कतारको औद्योगिक क्षेत्रमा मिसाइल आक्रमण गरेको कतारले जनाएको छ।
- कतारले यस आक्रमणलाई आफ्नो सार्वभौमसत्ताको उल्लङ्घन र सुरक्षामाथिको खतरा ठानेको छ।
- कतारले इरानको गैरजिम्मेवारपूर्ण कार्यले क्षेत्रीय सुरक्षामा बाधा पुर्याएको आरोप लगाएको छ।
काठमाडौँ । कतारको प्रमुख औद्योगिक क्षेत्र रास लफानमा इरानले मिसाइल आक्रमण गरेपछि कतारले यसको कडा भर्त्सना गरेको छ । कतारको परराष्ट्र मन्त्रालयले यस प्रहारलाई राज्यको सार्वभौमसत्ताको घोर उल्लङ्घन र राष्ट्रिय सुरक्षामाथिको प्रत्यक्ष खतरा भन्दै कडा प्रतिक्रिया दिएको हो ।
कतार इनर्जीका अनुसार आज राति भएको उक्त मिसाइल आक्रमणबाट रास लफान औद्योगिक सहरमा व्यापक क्षति पुगेको छ । कतारले आफूलाई जारी युद्धबाट टाढा राख्ने प्रयास गरे पनि इरानी पक्षले कतार र छिमेकी मुलुकहरूलाई निरन्तर निशाना बनाइरहेको मन्त्रालयको आरोप छ ।
परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘इरानले अपनाएको यस्तो गैरजिम्मेवारपूर्ण शैलीले क्षेत्रीय सुरक्षामा बाधा पुर्याएको छ र अन्तर्राष्ट्रिय शान्तिलाई गम्भीर खतरामा पारेको छ।’ कतारले इरानको उत्तेजक राजनीतिले समग्र क्षेत्रलाई नै विनाशको खाडलतर्फ धकेलिरहेको चेतावनी समेत दिएको छ ।
कतारले यसअघि पनि नागरिक सुविधाहरू र ऊर्जा पूर्वाधारहरूलाई लक्षित नगर्न इरानलगायत सबै पक्षसँग बारम्बार आह्वान गर्दै आएको स्मरण गराएको छ। तर, पछिल्लो प्रत्यक्ष आक्रमणले कतारको संयमता र क्षेत्रीय शान्तिको प्रयासमा गम्भीर चुनौती थपेको विज्ञप्तिमा उल्लेख छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण