पोखरीमा डुबेर युवकको मृत्यु
बिहीबार, ०५ चैत २०८२, २१ : ४६
सर्लाही । सर्लाहीकाे सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ । मृतकको पहिचान खुल्न सकेको छैन ।
मलङ्गवा नगरपालिका–२ स्थित नासी पोखरीमा डुबेर ३० वर्षीय युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । स्थानीय समेतको सहयोगमा माछा मार्ने जाल हानेर युवकको शव निकालिएको उनले बताए ।
स्थानीयले युवकलाई पोखरीमा डुबेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजी गर्दा फेला नपरेपछि अन्तिममा स्थानीयसमेतको सहयोगमा जाल हानेर उनको शव निकालिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्ल्यान्डलाई ठुलो झट्का : स्लो ओभर रेटका कारण विश्व टेस्ट च्याम्पियनसिपमा १२ अङ्क गुमायो
-
अत्यधिक गर्मी बढेपछि बेदकाटका विद्यालय चार दिन बन्द
-
बेलायतमा नयाँ नेतृत्वका लागि जुलाई ९ बाट मनोनयन खुल्ने, उत्तराधिकारी नचुनिएसम्म स्टार्मर नै प्रधानमन्त्री रहने
-
हरमनप्रितको ऐतिहासिक २००औँ खेल
-
पदबाट राजीनामा दिने क्रममा परिवारको प्रसङ्ग निकाल्दै भावुक बने कीर स्टार्मर
-
पुष्पा २ प्रिमियर भागदौड प्रकरण : अभिनेता अल्लू अर्जुन अदालतमा भर्चुअली उपस्थित हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण