सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

नयाँ गीत ‘जिन्दगी के छ र’ मा बले र बिन्दुको रोमान्स

शुक्रबार, ०६ चैत २०८२, १२ : ३७
शुक्रबार, ०६ चैत २०८२

सारांश

  • गायिका बिन्दु पौडेल र शिव हमालको स्वरमा नयाँ गीत 'जिन्दगी के छ र' सार्वजनिक भएको छ।
  • गीतको शब्द र सङ्गीत शिव हमालले तयार पारेका हुन् भने भिडियोमा सागर लम्साल 'बले' र बिन्दुको अभिनय रहेको छ।
  • प्रकाश भट्टको निर्देशन र कोरियोग्राफी रहेको भिडियोमा प्रेम, बिछोड र जीवनका भोगाइहरूलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ।

काठमाडौँ । गायिका बिन्दु पौडेलले नयाँ गीत ‘जिन्दगी के छ र’ बजारमा ल्याएकी छिन् । गीतमा उनलाई शिव हमालले स्वरमा साथ दिएका छन् । गीतको शब्द तथा सङ्गीत पनि हमालले नै तयार पारेका हुन् ।

गीतमा सुनिल परियारको सङ्गीत संयोजन रहेको छ । लामो समयदेखि अस्ट्रेलियालाई कर्मथलो बनाउँदै आएकी बिन्दुले बेला बेलामा नेपाली गीत सङ्गीत ल्याउने गर्दछिन् ।

गीतको भिडियोमा कलाकार सागर लम्साल ‘बले’ र गायिका बिन्दुको मुख्य अभिनय छ । इनाक्षी इन्टरटेनमेन्टको प्रस्तुतिमा तयार पारिएको यस गीतको भिडियोमा प्रकाश भट्टको निर्देशन र कोरियोग्राफी रहेको छ ।

भिडियोमा प्रेम, बिछोड र जीवनका भोगाइहरूलाई कलात्मक ढङ्गले देखाइएको छ । भिडियोको सुरुवातमा एयरपोर्टबाट फर्किएका पात्रहरू र गाउँको परिवेशलाई देखाइएको छ, जहाँ माया प्रेमका कुरा र जीवनको क्षणभंगुरतालाई गीतको भावमार्फत व्यक्त गरिएको छ ।

करण चैसिरको छायाङ्कन रहेको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन् । भिडियोमा सागर र बिन्दुसँगै ठुलो सङ्ख्यामा कोरस नर्तकहरूको पनि प्रयोग गरिएको छ, जसले भिडियोलाई थप भव्य बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप