मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
राजनीति

कांग्रेस केन्द्रीय समिति बैठकमा सभापति गगन थापा गएनन्, कुर्सी खाली

शुक्रबार, ०६ चैत २०८२, १३ : ४६
शुक्रबार, ०६ चैत २०८२

सारांश

  • नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सानेपामा सुरु भयो।
  • प्रतिनिधिसभा बैठकमा पार्टीको हारपछि सभापति गगन थापाले राजीनामा दिएका छन्, उनी बैठकमा उपस्थित छैनन्।
  • बैठकमा उपसभापति विश्वप्रकाश शर्माले अध्यक्षता गरिरहेका छन् र निर्वाचनको समीक्षा हुनेछ।

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ । बैठकमा गत फागुन २१ गते भएको प्रतिनिधिसभा बैठकमा पार्टीले अप्रत्याशित हार व्यहोरेको भन्दै सभापति पदबाट राजीनामा दिएका सभापति गगन थापा उपस्थित छैनन् ।

बैठकको अध्यक्षता उपसभापति विश्वप्रकाश शर्माले गरिरहेका छन् ।  तर, बैठकमा सभापति थापाको कुर्सी खाली राखिएको छ ।  पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले सभापति थापा बैठकमा नआउने जानकारी दिए । 

सहमहामन्त्री उदय शमशेर राणाका अनुसार बैठकमा प्रतिनिधिसभा निर्वाचनको समीक्षा गरिनेछ भने सभापति थापाले दिएको राजीनामाबारे पनि छलफल हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप