पर्सामा २० लाख रुपैयाँ बरामद
शुक्रबार, ०६ चैत २०८२, १७ : ३०
वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल पर्साले रू २० लाख हुण्डी रकमसहित एक जनालाई वीरगञ्जबाट पक्राउ गरेको छ । सशस्त्र प्रहरीले आज वीरगञ्ज महानगर–१६ स्थित भन्सार प्रवेशद्वारमा जाँचका क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०५ बिके ८६०३ नम्बरको मोटरसाइकलमा सवार विनय शङ्कर साह तुरहालाई सो परिमाणको रकमसहित पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल पर्साका सूचना अधिकारी मोहन निरौलाका अनुसार मोटरसाइकलमा सवार तुरहाले मोटरसाइकलको सिटकभरमा सो रकम लुकाएर राखेका थिए ।
बरामद भएको रकमसहित तुरहालाई थप अनुसन्धानका लागि वीरगञ्ज भन्सार कार्यालयलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । ती व्यक्तिबाट वीरगञ्ज भन्सार एजेन्ट सङ्घ पर्सा लेखिएको परिचयपत्र समेत बरामद भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको बन्दसत्रमा के-के हुन्छ ?
-
रास्वपाका महाधिवेशन प्रतिनिधिलाई ५ हजार स्वेच्छिक
-
रास्वपाको बन्दसत्रमा देखिएनन् बालेन
-
रविले स्वीकारे पार्टीभित्र विवाद रहेको विषय, विवाद सडकमा नलैजान निर्देशन
-
रास्वपा महाधिवेशन : नेतृत्व चयनका लागि कडा मापदण्ड
-
सत्ताको लोभ र शक्तिको भोकले कांग्रेसको साख गिर्यो, अब जनताको भरोसा जित्नुपर्छ : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण