भक्तपुर फिल्म महोत्सव सुरु
काठमाडौँ । ‘भक्तपुर फिल्म महोत्सव’ सुरु भएको छ । शुक्रबार नवीन सुब्बाको निर्देशनमा बनेको फिल्म ’गाउँ आएको बाटो’ देखाउँदै महोत्सव सुरु भएको हो ।
महोत्सव भक्तपुरमा अवस्थित नेपाल भोकेस्नल एकेडेमीमा आयोजना भएको हो । भक्तपुरका युवा फिल्मकर्मीहरू किरण किलम्बु, सफल वैद्य, स्मित गिरी, विकेश प्रजापति, सक्षम केसी, प्रवीण टक्कीलगायतको समूहले यो महोत्सव आयोजना गरेको हो ।
चैत ७ सम्म आयोजना हुने यो महोत्सवमा २४ फिल्म देखाइनेछन् । महोत्सवमा फिचरदेखि डकुमेन्ट्री अनि लघु फिल्म देखाइँदैछन् । सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’देखि अङ्कित पौडेलको ‘सङ्ग अफ क्लाउड्स’, किरण श्रेष्ठको ‘एट एनोदर विन्टर’, राजन कठेत र सुनीर पाण्डे निर्देशित डकुमेन्ट्री ‘ढोरपाटन’लगायतका फिल्महरू महोत्सवमा देखाइँदैछन् ।
महोत्सवको पहिलो दिन ‘ढोरपाटन’का निर्देशकद्वय सुनीर पाण्डे र राजन कठेत, फिल्म समीक्षक समाजका अध्यक्ष सामिप्यराज तिमिल्सेना, निर्माता अनुप पौडेल, सिनिमेटोग्राफर बबिन दुलाललगायत उपस्थित थिए ।
भक्तपुर जन्मथलो भएकै कारण यसको आवश्यकता ठानेर भक्तपुरमा यो महोत्सव सुरु गरिएको संयोजक सफल वैद्यले बताए । ’भक्तपुर हाम्रो जन्मथलो । भक्तपुरमा केही गरौँ भन्ने थियो । त्यसैले हामीले यो महोत्सव सुरु गर्यौँ,’वैद्यले भने । वैद्य फिल्मका विद्यार्थी हुन् । महोत्सव निर्देशक भने किरण किलम्बु हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
-
एमाले संविधान संशोधन सुझाव कार्यदल : खरेलको संयोजकत्वमा उपसमिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण