२७औँ फ्लोरा एक्स्पोः दुई दिनमै ५१ लाखभन्दा बढी कारोबार
काठमाडौँ। काठमाडौँको भृकुटीमण्डपमा जारी २७औँ फ्लोरा एक्स्पोको दुई दिनमै ५१ लाखभन्दा बढी कारोबार भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय भन्ने मूल नाराका साथ चैत ८ गतेसम्म मेला सञ्चालन हुनेछ ।
बिहीबारदेखि सुरु भएको मेलाको पहिलो दिन नौ हजार ५०० जनाले अवलोकन गरेका थिए भने रु २१ लाख ५० हजारबराबरको कारोबार भएको फ्लोरीकल्चर एसोसिएसन नेपाल (फ्यान)का कोषाध्यक्ष राजकृष्ण बजगाईँले जानकारी दिए।
उनका अनुसार दोस्रो दिन शुक्रबार १७ हजार ५०० दर्शकले मेला अवलोकन गरेका छन् भने रु २९ लाख ५० हजारबराबरको कारोबार भएको छ । “यससँगै दुई दिनमा कुल २७ हजार दर्शकले मेला अवलोकन गरेका छन् भने कारोबार रु ५१ लाखभन्दा बढी पुगेको छ । एक्स्पोमा व्यावसायिक ६५, अफिसियल ११, प्रतिस्पर्धात्मक दुई, फुड दुई, ल्यान्डस्केप एक, सेल्फी एक र बिवाइडी इभी कारको एक स्टल गरी कुल ८३ वटा स्टल रहेका छन्”, उनले भने।
मेलाका संयोजक रामबहादुर तामाङले मेलामा सहभागी पुष्प व्यवसायीहरूले उत्पादन गरेका फूल तथा बिरुवा विभिन्न विधामा प्रतिस्पर्धा गराइने बताए। यस वर्षको एक्स्पोमा करिब ६० हजार दर्शकले अवलोकन गर्ने र रु एक करोड २० लाखभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको संयोजक तामाङको भनाइ छ।
साथै, सामाजिक उत्तरदायित्वअन्तर्गत आज बिहान ११ः०० देखि दिउँसो ३ः०० बजेसम्म रक्तदान कार्यक्रमसमेत आयोजना भएको लायन्स क्लब अफ काठमाडौँ ग्लोबल फ्लोरिकल्चरका अध्यक्ष सीताराम लामिछानेले बताए । लायन्स क्लब अफ काठमाडौँ ग्लोबल फ्लोरिकल्चरले विगतमा पनि रक्तदान कार्यक्रम, निःशुल्क पिउने पानी वितरण गर्दै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्लाहीमा गाडी तोडफोड र प्रहरीमाथि ढुंगामुढा गर्ने तीन जना पक्राउ
-
पत्रकार महासङ्घ युकेमा थपिए सल्लाहकार, १५ औँ स्थापना दिवस भव्य रूपमा मनाइने
-
पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध
-
पोखरा महानगरको बजेट आज, गत वर्षभन्दा आकार घट्ने
-
जग्गाको भाडा नतिर्ने पोखराका २१ उद्योगको विद्युत् लाइन काटियो
-
विश्वकप २०२६: गोल्डेन बुटको दौडमा मेसी र डेभिड शीर्ष स्थानमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण