खुल्यो सिद्धार्थ राजमार्ग
शनिबार, ०७ चैत २०८२, १३ : ४२
सारांश
- पाल्पाको सिद्धबाबा क्षेत्रमा लेदोसहितको पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको थियो।
- सडक अवरुद्ध हुँदा यातायात प्रभावित भएको थियो, तर अहिले राजमार्ग खुलेको छ।
- राजमार्ग खुलेपछि रोकिएका सवारी साधनहरू गन्तव्यतर्फ लागेका छन्।
पाल्पा । पहिरोले अवरुद्ध भएको सिद्धार्थ राजमार्ग खुलेको छ । दिउँसो १ बजेपछि सो राजमार्ग खुलेको हो ।
सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा जिल्लाको सिद्धबाबा क्षेत्रमा लेदो सहित ढुङ्गा खस्दा आज बिहानदेखि सडक अवरुद्ध भएको थियो ।
पहिरोका कारण सडक पूर्णरुपमा बन्द भएपछि सवारी आवागमन प्रभावित थियो । अहिले दिउँसो सडक खुलेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ। सडक खुलेसँगै रोकिएका सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र निर्माणका लागि राष्ट्रिय सहमतिको आवश्यकता
-
क्रियाशील सदस्यता ‘अध्यावधिक’बाट घट्यो कांग्रेसको साइज
-
नेपालमै पहिलो पटक एनिमेसन चलचित्र महोत्सव–२०२६ हुने
-
नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’को सूचीमा कायमै, एफएटीएफले दियो ६ बुँदे निर्देशन
-
गर्भवती महिलाको उद्धार
-
पूर्वमन्त्री खरेलको पार्थिव शरीर कांग्रेस मुख्यालयमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण