मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ब्राइटनको शानदार जितमा लिभरपुल पराजित

शनिबार, ०७ चैत २०८२, २० : ४७
शनिबार, ०७ चैत २०८२

एजेन्सी । शनिबार साँझ सम्पन्न प्रिमियर लिगको रोमाञ्चक खेलमा ब्राइटनले लिभरपुललाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

यो जितसँगै ब्राइटनले लिग तालिकामा महत्त्वपूर्ण तीन अंक जोडेको छ । 

खेलको सुरुवातमै ड्यानी वेलब्याकले १४ औं मिनेटमा गोल गर्दै ब्राइटनलाई अग्रता दिलाएका थिए। तर, लिभरपुलका मिलोस कर्केजले ३० औं मिनेटमा गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए । पहिलो हाफमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । 

दोस्रो हाफमा ब्राइटनले थप सशक्त प्रदर्शन गर्‍यो । ड्यानी वेलब्याकले खेलको ५६ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै ब्राइटनलाई २–१ को अग्रता दिलाए । लिभरपुलले बराबरी गर्ने प्रयास गरे पनि ब्राइटनको रक्षापंक्ति र गोलकिपरले त्यसलाई विफल पारे । 

आजको खेलमा ब्राइटनले १६ सट प्रहार गरेको थियो । ६ सट टार्गेटमा थिए । 

हारपछि लिभरपुल ४९ अंकका साथ पाँचौँ स्थानमा छ भने ब्राइटन आठौँ स्थानमा उक्लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप