परीक्षा स्थगित गरिएको भन्दै हरि खेतान बहुमुखी क्याम्पसका विद्यार्थी आन्दोलित
पर्सा । वीरगञ्ज महानगरपालिका–१० स्थित हरित खेतान बहुमुखी क्याम्पसका विद्यार्थीहरूले आज आन्दोलन गरेका छन् । क्याम्पस प्रशासन र शिक्षकहरूबिचको आन्तरिक द्वन्द्वका कारण कक्षा १२ को परीक्षा स्थगित भएको भन्दै विद्यार्थीहरूले क्याम्पसको गेटमा धर्ना दिएका हुन् ।
कक्षा–१२ को प्रिबोर्ड परीक्षाका लागि भनेर विद्यार्थीहरू आइतबार बिहान क्याम्पस पुगेका थिए । परीक्षाको तयारीमा रहेका विद्यार्थीहरू बिहान परीक्षा हलमा पुगे पनि शिक्षकहरू भने उपस्थित थिएनन् ।
नाम नखुलाउने सर्तका क्याम्पसका एक शिक्षक जनाए अनुसार केही दिनदेखि प्रशासन र शिक्षकबिच विवादले परीक्षा रोकिएको हो । सो क्याम्पसमा शिक्षकहरूले लामो समयदेखि तलब नपाएको गुनासो गरेका छन् ।
क्याम्पसको आन्तरिक विवादका कारण परीक्षाका लागि हलमा प्रवेश गरिसकेका विद्यार्थीहरू परीक्षा दिनबाट वञ्चित भएपछि आन्दोलित भएको जनाइएको छ ।
सो विषयमा क्याम्पस प्रमुख रविन्द्र यादवसँग पटक–पटक कुराकानी गर्ने प्रयास गरे पनि ‘सञ्चार माध्यमसँग अहिले केही नबोल्ने’ भन्दै उनी पन्छिए।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
-
विदुषी राणाद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण