घनेन्द्र बस्नेतको उपचारका लागि सहयोग गर्न अपिल
आइतबार, ०८ चैत २०८२, १७ : ०८
सारांश
- वामपन्थी नेता घनेन्द्र बस्नेतको उपचारका लागि 'जीवन रक्षा अभियान' सुरु भएको छ।
- बस्नेत फोक्सो र घाँटीको क्यान्सरबाट पीडित छन्, र उनको आर्थिक अवस्था कमजोर छ।
- नेकपा संयुक्तका नेताहरूले सहयोगका लागि ग्लोबल आइएमई बैंकको खाता नम्बर सार्वजनिक गरेका छन्।
काठमाडौँ । वामपन्थी नेता तथा नेकपा (संयुक्त) वरिष्ठ नेता घनेन्द्र बस्नेतको उपचारका लागि ‘घनेन्द्र बस्नेत जीवन रक्षा अभियान’ सुरु गरिएको छ । झापा किसान सङ्घर्षका अगुवामध्येका एक बस्नेत हाल फोक्सो र घाँटीको क्यान्सरले थलिएका छन् ।
बस्नेतको कमजोर आर्थिक अवस्थाका कारण आफैले उपचार गर्न असम्भव देखेपछि नेकपा संयुक्तका नेताहरूले सहयोग माग्ने निर्णय गरेको बताइएको छ ।
आइतबार नेताहरू घनश्याम भुसाल, टंक कार्की लगायतले प्रेस नोट जारी गर्दै ग्लोबल आइएमई बैंकमा रहेको बस्नेतको खाता नम्बर तथा क्युआर कोड सार्वजनिक गर्दै सहयोगका लागि अपिल गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण