राजनीति
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक निर्णय : गगन थापाको राजीनामा अस्वीकृत
आइतबार, ०८ चैत २०८२, १९ : ३७
सारांश
- गगन थापाले सभापति पदबाट दिएको राजीनामा केन्द्रीय कार्यसमितिले अस्वीकृत गरेको छ।
- थापाले प्रतिनिधिसभा निर्वाचनको परिणामको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका थिए।
- उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको बैठकले राजीनामा अस्वीकृत गर्यो।
काठमाडौँ । सभापति पदबाट गगन थापाले दिएको राजीनामा अस्वीकृत भएकाे छ । आइतबार सम्पन्न नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले थापाले दिएको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको हो।
थापाले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामलाई लिएर यसको नैतिक जिम्मेवारी लिँदै उपसभापति समक्ष विधानको धारा २६(१) बमोजिम पेस गरेको राजीनामालाई केन्द्रीय कार्यसमितिको बैठकले सर्वसम्मत रूपमा अस्वीकृत गर्ने निर्णय गरेको उपसभापति शर्माले जानकारी दिए ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक चैत ६ देखि ८ गतेसम्म उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा सञ्चालन भएको थियो ।
बैठकमा उपसभापतिद्वारा प्रस्तुत विषयमाथि ८८ जना सदस्य तथा पदाधिकारिहरू द्वारा आफ्नो धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण