लिग स्थगनले करोडौँको लगानी जोखिममा परेको भन्दै संकटा क्लबले गरायो एन्फाको ध्यानाकर्षण
सारांश
- एन्फाद्वारा सञ्चालित राष्ट्रिय लिग र महिला फुटबल लिग अचानक स्थगन भएपछि संकटा फुटबल क्लबको ध्यानाकर्षण भएको छ।
- विदेशी खेलाडीको श्रम स्वीकृतिसम्बन्धी विवादका कारण लिग रोकिएपछि क्लबले गरेको आर्थिक लगानी र खेलाडीको भविष्य जोखिममा परेको जनाएको छ।
- क्लबले श्रम स्वीकृतिका लागि आवश्यक कागजात एन्फामा बुझाइसकेको र प्रक्रियागत ढिलाइमा क्लबको दोष नरहेको प्रष्ट पारेको छ।
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा सञ्चालित राष्ट्रिय पुरुष लिग र महिला फुटबल लिग अचानक स्थगन भएपछि संकटा फुटबल क्लबले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
क्लबले सोमबार पत्रकार सम्मेलन गर्दै विदेशी खेलाडीहरूको श्रम स्वीकृतिको विषयलाई लिएर प्रतियोगिता रोकिँदा क्लबले गरेको ठूलो आर्थिक लगानी र खेलाडीहरूको भविष्य जोखिममा परेको बताएको हो।
विभिन्न सञ्चारमाध्यममा विदेशी खेलाडीहरूले श्रम स्वीकृति विना खेलिरहेको भन्ने समाचार आएपछि लिग रोकिएको प्रति स्पष्ट पार्दै क्लबले आफ्ना विदेशी खेलाडीहरूको श्रम स्वीकृतिका लागि आवश्यक सम्पूर्ण कागजातहरू प्रतियोगिता प्रारम्भ हुनुअघि नै एन्फामा बुझाइसकेको दाबी गरेको छ। क्लबले आफूले नियमसंगत रूपमा खेलाडी अनुबन्ध गरेको र प्रक्रियागत ढिलाइमा क्लबको दोष नरहेको प्रष्ट पारेको छ।
आर्थिक पक्षको विवरण सार्वजनिक गर्दै क्लबले राष्ट्रिय पुरुष लिगका लागि विनियोजित ७० लाख रुपैयाँको बजेटमध्ये हालसम्म करिब ४४ लाख रुपैयाँ खर्च भइसकेको जानकारी दिएको छ। त्यसैगरी, महिला लिगतर्फ ७९ लाखको कुल बजेटमध्ये ३७ लाख ४८ हजार रुपैयाँ खर्च भइसकेको छ।
यसरी झण्डै ८१ लाख रुपैयाँ खर्च भइसकेको अवस्थामा प्रतियोगिताको अनिश्चितताले क्लबलाई ठूलो आर्थिक भार थपेको पत्रकार सम्मेलनमा वितरीत विज्ञप्तिमा उल्लेख छ। सीमित स्रोत र साधनका बावजुद गरिएको यो लगानी डुब्ने खतरा बढेपछि भविष्यमा फुटबलमा लगानी गर्न चाहने अन्य संस्थाहरू समेत निरुत्साहित हुने संकटाले औंल्याएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलैयामा मिनी ट्रक दुर्घटना : एकको मृत्यु, चालक पक्राउ
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण