प्रधानमन्त्री कप क्रिकेट : कोशीमाथि लुम्बिनीको सानदार जित
सारांश
- प्रधानमन्त्री कप क्रिकेटमा लुम्बिनी प्रदेशले कोशी प्रदेशलाई १ सय ४८ रनले पराजित गर्यो।
- कोशीका लागि अंकित सुवेदीले सर्वाधिक ३० रन बनाए भने लुम्बिनीका सन्तोष यादवले ४ विकेट लिए।
- लुम्बिनीले कप्तान देव खनालको ९२ रनको मद्दतले २ सय ४९ रन बनायो।
काठमाडौँ । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको पाँचौँ खेलमा लुम्निी प्रदेशले कोशी प्रदेशलाई १ सय ४८ रनको विशाल अन्तरले पराजित गरेको छ । सोमबार जनकपुरको रामजानकी मैदानमा भएको खेलमा लुम्बिनीले प्रस्तुत गरेको २ सय ५० रनको लक्ष्य पछ्याउँदा कोशी ३१.४ ओभरमा १०१ रनमा सीमित बनेको हो ।
कोशीका लागि अंकित सुवेदीले सर्वाधिक ३० रनको योगदान दिए । दीपेश कँडेलले १५ रन तथा कप्तान सुजन थपलियाले ११ रन बनाए । अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन् ।
कोशीलाई सस्तोमा समेट्न सन्तोष यादवले सानदार बलिङ गर्दै ७ ओभरमा मात्र ११ रन खर्चेर ४ विकेट लिए । उनलाई राजेन्द्र वमले ३ विकेट लिँदै राम्रो साथ दिए । निर्मल गुरुङले २ तथा सन्देश थापाले १ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले कप्तान देव खनालको अर्धशतकीय पारीको मद्दतले ४९.३ ओभरमा सबै विकेट गुमाएर २ सय ४९ रन बनाएको थियो । खनालले १०० बलको सामना गर्दै ८ चौका र १ छक्काको मद्दतले ९२ रन बनाए ।
त्यस्तै, सन्तोष यादवले ६२ बलमा ४८ रनको योगदान दिए । ओपनर रञ्जित खड्काले ३६ बलमा ३५ रन जोडे ।
कोशी प्रदेशका लागि सुजन थपलियाले १० ओभरमा ३५ रन खर्चेर ४ विकेट लिए । दीपेश कँडेलले २ विकेट तथा विपिन महतो र प्रेम कामतले १–१ विकेट लिए ।
जितपछि लुम्बिनीको २ खेलबाट ३ अंक पुगेको छ । कोशीको भने २ खेलबाट मात्र १ अंक रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले इरानमाथिको तेल प्रतिबन्ध बनायो खुकुलो
-
कतारको ग्यास प्रशोधन केन्द्रमा भएको विस्फोटमा मर्नेमा १२ जना भारतीय नागरिक
-
ठेक्कापट्टाको ढिलासुस्ती र ‘लो बिडिङ’ अन्त्य गर्ने गरी सार्वजनिक खरिद ऐन संशोधन गरिँदै
-
‘अमेरिकी कृषि उत्पादन किन्नु पर्ने इरानको कुनै बाध्यता छैन’
-
भक्तपुरमा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी
-
टर्की र बेलायत पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण