बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

पोलबाट खसेर एक जनाको मृत्यु

सोमबार, ०९ चैत २०८२, २१ : ४४
सोमबार, ०९ चैत २०८२

मकवानपुर । बिजुलीको पोलमा इन्टरनेटको तार जोड्ने क्रममा खसेर साेमबार साँझ मकवानपुरको हेटौँडामा एक जनाको मृत्यु भएको छ।

हेटाैँडा उपमहानगरपालिका–४ कर्राचोक नजिकै समितपथस्थित बिजुलीको पोलमा काम गर्ने क्रममा खसेर मकवानपुर राक्सिराङ गाउँपालिका–६ खरकाण्डेताल टोल घर भई हेटौँडा उपमहानगरपालिका–१ चौकीटोल डेरा गरी बस्ने १८ वर्षीय भुवन चेपाङको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुष्कर बोगटीका अनुसार नेटफिलिक्सको इन्टरनेट तार जोड्ने क्रममा अचानक पोलबाट लडेर गम्भीर घाइते भएका चेपाङको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप