शाखा अधिवेशन सकिएसँगै केन्द्रीय महाधिवेशनमा जुट्यो चलचित्र पत्रकार सङ्घ
सारांश
- चलचित्र पत्रकार सङ्घ नेपाल केन्द्रीय अधिवेशनको तयारीमा जुटेको छ ।
- सङ्घको १०औँ केन्द्रीय महाधिवेशन वैशाख ५ गते काठमाडौँमा हुने भएको छ, जसमा १७ सदस्यीय समिति चयन हुनेछ ।
- विभिन्न जिल्ला शाखाका अध्यक्षहरू चयन भइसकेका छन्, र सङ्घले सदस्यहरूको लागि विभिन्न कार्यक्रम गर्दै आएको छ।
काठमाडौँ । चलचित्र पत्रकार सङ्घ नेपाल केन्द्रीय अधिवेशनको तयारीमा जुटेको छ । १५ जिल्लाका शाखा र ८ विदेशी शाखाको अधिवेशन सकाएसँगै सङ्घ केन्द्रीय अधिवेशनमा जुटेको सङ्घका सङ्गठन उपाध्यक्ष विजय आवाजले जानकारी दिए ।
सङ्घको १०औँ केन्द्रीय महाधिवेशन आगामी वैशाख ५ गते काठमाडाैँमा तय भएको छ। यस महाधिवेशनमार्फत १७ सदस्यीय केन्द्रीय समिति आगामी तीन वर्षका लागि निर्वाचित हुनेछन् ।
सङ्घको कोशी प्रदेश शाखामा अध्यक्ष वीरेन्द्र शाह, कास्की शाखामा अध्यक्ष सन्तोष बस्याल, पर्सा शाखामा अध्यक्ष सूर्यनारायण बिक, सुनसरी शाखामा अध्यक्ष सुवास सङ्कल्प श्रेष्ठ, मकवानपुर शाखामा अध्यक्ष कपिल खड्का, मोरङ शाखामा अध्यक्ष प्रेम देवान, चितवन शाखामा अध्यक्ष गोविन्द अर्याल, इलाम शाखामा अध्यक्ष अतित योङहाङ, रुपन्देही शाखामा अध्यक्ष कृष्ण भण्डारी, कैलाली शाखामा अध्यक्ष विवेक नागरी, झापा शाखामा अध्यक्ष एकराज प्रधान, सुर्खेत शाखामा (तदर्थ समिति) अध्यक्ष रमेशकुमार पाण्डे, बाँके शाखामा अध्यक्ष रामचन्द्र पौडेल, दाङ शाखामा अध्यक्ष निरला अर्याल चयन भएका छन्।
सङ्घले आफ्नो सङ्गठनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पुर्याउदै आफ्ना सदस्यहरूको लागि दक्षता अभिवृद्धि कार्यक्रम, अन्तरक्रिया, कार्यशाला, राष्ट्रिय भेला, स्थापना दिवस, राष्ट्रिय कार्यशाला, कल्याणकारी कोष संचालन लगायतका कार्यक्रमहरू गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण