पठाओको नयाँ घोषणा : सामान डेलिभरी नभए व्यापारीले सामान र पैसा दुवै फिर्ता पाउने
सारांश
- पठाओ नेपालले डेलिभरीको सुनिश्चितता योजना ल्याएको छ, जसले व्यापारीहरूको जोखिम कम गर्नेछ।
- योजनाअन्तर्गत, सामान तोकिएको समयमा डेलिभरी नभएमा पठाओले सामान र रकम दुवै फिर्ता गर्नेछ।
- यो सुविधा हड्ताल वा प्राकृतिक विपद् बाहेकका कारणले डेलिभरी नभएमा लागू हुनेछ।
काठमाडौँ । नेपालको अग्रणी राइड शेयरिङ तथा लजिस्टिक कम्पनी पठाओ नेपालले डेलिभरी क्षेत्रमा व्यापारीहरूले भोग्दै आएको जोखिम न्यूनीकरण गर्न ‘डेलिभरीको सुनिश्चितता’ योजना सार्वजनिक गरेको छ। अनलाइन तथा अफलाइन व्यवसाय सञ्चालनका क्रममा डेलिभरी असफल हुनु वा ढिलाइ हुनु व्यापारीका लागि मुख्य टाउको दुखाइको विषय बन्दै आएको सन्दर्भमा पठाओ पार्सलले अब त्यसको पूर्ण जिम्मेवारी लिने प्रतिबद्धता जनाएको हो।
यस सेवाअन्तर्गत पठाओ पार्सलमार्फत पठाइएका सामानहरू सुरक्षित रूपमा र तोकिएको समयभित्रै डेलिभरी गर्ने ग्यारेन्टी दिइएको छ। पठाओ नेपालकी निर्देशक सुरक्षा हमालका अनुसार यदि तोकिएको मितिसम्म डेलिभरीको प्रयास नगरिएका कारण ग्राहकले अर्डर रद्द गरेमा पठाओले व्यापारीलाई उक्त सामान मात्र नभई सामान बराबरको रकम समेत फिर्ता दिनेछ। यसले व्यापारीहरूलाई ढुक्कसँग आफ्नो व्यवसाय विस्तार गर्न मद्दत पुग्ने कम्पनीको विश्वास छ।
कम्पनीले यो सुविधाका लागि केही सर्तहरू पनि तोकेको छ। हड्ताल वा प्राकृतिक विपद् जस्ता नियन्त्रण बाहिरका परिस्थिति बाहेक अन्य कारणले डेलिभरी नभएको अवस्थामा मात्र यो सुनिश्चितता लागू हुनेछ। व्यापारीले अर्डर रद्द भएको सात दिनभित्र आफ्नो दाबी पेस गरिसक्नुपर्नेछ। यद्यपि, ग्राहकले गलत ठेगाना दिएको, सम्पर्कमा नआएको, ढिलाइ भए पनि अन्ततः डेलिभरी सफल भएको वा सात दिनपछि दाबी गरिएको अवस्थामा भने यो सुविधा पाइने छैन।
व्यापारीहरूले रकम दाबी गर्ने प्रक्रियालाई कम्पनीले निकै सरल र प्रविधिमैत्री बनाएको छ। व्यापारीहरूले आफ्नो ड्यासबोर्ड (मर्चेन्ट पोर्टल) मार्फत सम्बन्धित अर्डर छनोट गरी समस्या रिपोर्ट गर्न सक्नेछन्। रिपोर्ट गरेपछि कम्पनीको समस्या समाधान टोलीले १५ देखि २० मिनेटभित्रै सम्पर्क गर्ने र २४ देखि ४८ घण्टाभित्र सम्पूर्ण प्रक्रिया पूरा गरी रकम फिर्ता गर्ने व्यवस्था मिलाइएको छ।
पठाओ पार्सलले हाल देशभरका ५०० भन्दा बढी स्थानमा आफ्नो सेवा विस्तार गरिसकेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण