जलवायु परिवर्तनले अष्ट्रेलियाका वन्यजन्तु र वातावरणमा तीव्र क्षति : प्रतिवेदन
काठमाडाैँ । अष्ट्रेलियाको वातावरण सन् २०२५ मा औसतभन्दा राम्रो देखिए पनि जलवायु परिवर्तनका कारण वन्यजन्तु र प्राकृतिक वातावरणमा क्षति तीव्र रूपमा बढिरहेको एक नयाँ प्रतिवेदनले देखाएको छ ।
प्रतिवेदन अनुसार सङ्घीय कानूनअन्तर्गत जोखिममा रहेका प्रजातिहरूको सङ्ख्या दुई हजार एक सय पचहत्तर पुगेको छ, जुन सन् २००० यता चौवन्न प्रतिशतले बढेको हो । सन् २०२५ मा मात्र ३९ नयाँ प्रजातिहरू थपिएका छन् ।
त्यस्तै, अष्ट्रेलियाको समुद्री सतहको तापक्रम सन् २०२५ मा अहिलेसम्मकै उच्च स्तरमा पुगेको पाइएको छ । उपग्रहबाट निगरानी गरिएका अधिकांश प्रवालभित्ति क्षेत्रमा तापीय तनाव अत्यधिक बढेको छ, जसका कारण ठूलो स्तरको प्रवाल क्षयको घटना दोहोरिएको छ ।
प्रतिवेदनका प्रमुख अनुसन्धानकर्ताले जनाएअनुसार बढ्दो समुद्री तापक्रमका कारण समुद्री जीवजन्तु र वातावरणले ठूलो क्षति भोगिरहेका छन् । यस्ता घटना पहिले दुर्लभ भए पनि अहिले बारम्बार हुन थालेका छन् ।
प्रतिवेदनले सन् २००० यता जोखिममा रहेका प्रजातिहरूको सङ्ख्या औसत ५९ प्रतिशतले घटेको यो पनि देखाएको छ । विशेषगरी सर्प र भ्यागुताका प्रजातिहरूमा उल्लेखनीय गिरावट आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
-
डा. केसीले उठाएका विषय प्रष्ट पार्न आग्रह
-
१२ बजे १२ समाचार: प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल, कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्यो
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण