हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै
काठमाडौँ । आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस हो । न्यायको माग, सुरक्षा सुनिश्चितता तथा विश्वभर जीवनरक्षक कार्यमा संलग्न कर्मचारीहरूको संरक्षणका लागि प्रतिबद्धता व्यक्त गर्दै विश्वका विभिन्न देशमा यो दिवस मनाइँदै छ ।
संयुक्त राष्ट्रसङ्घका अनुसार सन् १९८५ मा अपहरणमा परेका एलेक कोलेटको स्मृतिमा हरेक वर्ष मार्च २५ मा यो दिवस मनाइन्छ । कोलेट राष्ट्रसङ्घका राहत तथा कार्य निकाय (युएनआरडब्ल्युए) सँग आबद्ध पत्रकार थिए । उनलाई सशस्त्र समूहले अपहरण गरेको थियो । उनको शव सन् २००९ मा लेबनानको बेक्का उपत्यकामा फेला परेको थियो ।
सन् १९४५ मा संयुक्त राष्ट्रसङ्घ स्थापना भएयता यसको सेवामा खटिएका सयौँ कर्मचारीले ज्यान गुमाइसकेका छन् । विशेषगरी सन् १९९० को दशकमा शान्ति स्थापना ‘मिसन’हरूको विस्तारसँगै जोखिम बढ्दा अघिल्ला चार दशकको तुलनामा सो दशकमा धेरै कर्मचारीको ज्यान गएको थियो ।
यस अवसरमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जोखिमपूर्ण परिस्थितिमा काम गर्ने कर्मचारी तथा शान्ति सैनिकलाई आवश्यक सुरक्षा र अनुकूल कार्य वातावरण सुनिश्चित गर्न अन्तरराष्ट्रिय समुदाय एकजुट हुनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसीले बनाए विश्वकपमा १७ गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण