लायन्स डिष्ट्रिक्ट ३२५ एल नेपालमा भुसाल निर्वाचित
सारांश
- लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एल नेपालको चौथो राष्ट्रिय महाधिवेशन सम्पन्न भयो।
- महाधिवेशनले २०२६/२७ का लागि डिष्ट्रिक्ट गभर्नरमा तारा भुसाललाई निर्वाचित गर्यो।
- कार्यक्रममा विभिन्न पदाधिकारी, क्लब अध्यक्ष र सदस्यहरूको उपस्थिति रहेको थियो।
काठमाडौँ । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एल नेपालको चौथो राष्ट्रिय महाधिवेशन रूपमा सम्पन्न भएको छ। महाधिवेशनबाट लायन वर्ष २०२६/२७ का लागि डिष्ट्रिक्ट गभर्नर पदमा तारा भुसाल निर्वाचित भएकी छन्।
महाधिवेशनले प्रथम भाइस डिष्ट्रिक्ट गभर्नरमा तेजनारायण पराजुली र सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नरमा मन कृष्ण श्रेष्ठलाई निर्वाचित गरेको छ।
पूर्व अन्तर्राष्ट्रिय डाइरेक्टर बाल कृष्ण बुर्लाकोटीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सञ्जय खेतान, डिष्ट्रिक्ट गभर्नर एकनारायण शर्मा, गंगा देवी ढकाल, आईडी इन्डोर्स एण्ड एलसीआईएफ संयोजक राजन लम्साल, जीएटी क्षेत्रीय संयोजक शम्भु प्रसाद घिमिरे, जीएमटी संयोजक मणिश्री रत्न बज्राचार्य, पास्ट डिष्ट्रिक्ट गभर्नरहरू, डिष्ट्रिक्ट पदाधिकारी, क्लब अध्यक्ष तथा सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमको व्यवस्थापन लायन्स क्लब अफ काठमाडौँ शुभ आरम्भले गरेको थियो। महाधिवेशनमा सहभागी सदस्यहरूका लागि ३० भन्दा बढी लक्की ड्र पुरस्कारको व्यवस्था गरिएको थियो, जसले सहभागीहरूको उत्साह थप बढाएको आयोजकले जनाएको छ।
नवनिर्वाचित डिष्ट्रिक्ट गभर्नर भुसालले महाधिवेशनले सेवा, समर्पण र नेतृत्वको भावनालाई थप सुदृढ बनाएको बताइन्। उनले कार्यक्रम सफल बनाउन योगदान पुर्याउने सबै लायन्स सदस्य तथा आयोजकप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझ सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीको बजेटमा भएको त्रुटि अर्थमन्त्रीले माफी माग्दै सच्याए
-
कर्णालीका विकास आयोजनामा सरकारको चरम बेवास्ता : सांसद मल्ल
-
महाकाली पारिको दोधारा चाँदनीमा निर्माणाधीन सुक्खा बन्दरगाह हेरेर समृद्धिको सपना सजाउँदै स्थानीय
-
पूर्वाधार मन्त्रालयले याे वर्ष १० खर्बको टेन्डर खुलाउने
-
वडा कार्यालयको केन्द्रसम्म सडक पुग्न अझै ९ वर्ष लाग्ने
-
निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण