इरान वार्ताका लागि निकै आतुर छ तर ज्यान जाने डरले बोल्न सकेको छैन : ट्रम्प
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पले इरान अमेरिकासँग सम्झौता गर्न आतुर रहेको तर डराएको बताए।
- ट्रम्पले मध्यपूर्वमा आफ्नो प्रशासनको कदमले इरानलाई वार्तामा ल्याएको दाबी गरे।
- इरान र अमेरिकाबीच मध्यस्थकर्तामार्फत सन्देश आदानप्रदान भइरहेको छ, तर इरानले औपचारिक वार्ता अस्वीकार गरेको छ।
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान यतिबेला अमेरिकासँग सम्झौता गर्न निकै आतुर रहेको तर आफ्नै जनता वा अमेरिकाबाट मारिने डरले खुलेर बोल्न नसकेको दाबी गरेका छन्। वासिङ्टनमा आयोजित एक कार्यक्रममा बोल्दै ट्रम्पले मध्यपूर्वमा आफ्नो प्रशासनले चालेका कदमहरूले इरानलाई वार्ताको टेबुलमा ल्याउन सफल भएको जिकिर गरेका हुन्।
उनले इरानी अधिकारीहरू भित्रभित्रै वार्ता गरिरहेको र सम्झौताका लागि मरिहत्ते गरिरहेको भए पनि बाहिर भने डराएर बसेको टिप्पणी गरे। ह्वाइट हाउसले पनि इरानसँगको वार्ता अझै नटुङ्गिएको र मृत बिन्दुमा नपुगेको स्पष्ट पारेको छ।
इरानले १५ बुँदे युद्ध अन्त्यको योजनालाई तत्कालै स्वीकार नगरे पनि दुवै पक्षबlच मध्यस्थकर्तामार्फत सन्देश आदानप्रदान भइरहेको बुझिएको छ। अमेरिकी अधिकारीहरूका अनुसार युद्ध रोक्ने उपाय खोज्नका लागि पाकिस्तानमा एउटा बैठक आयोजना गर्ने तयारी समेत भइरहेको छ। यसले अमेरिका र इरानबिचको तनाव कम गर्न कूटनीतिक प्रयास जारी रहेको संकेत गर्छ।
यता इरानी विदेशमन्त्री अब्बास अराघचीले भने अमेरिकासँग विभिन्न माध्यमबाट सन्देश आदानप्रदान भइरहेको स्वीकार गरे पनि त्यसलाई औपचारिक वार्ता भन्न नमिल्ने बताएका छन्। उनले अहिले भइरहेका संवादहरू केवल सन्देश पुर्याउने काममा मात्र सीमित रहेको र यसलाई पूर्ण रूपको वार्ता मान्न नसकिने अडान राखेका छन्।
इरानले बाहिरी रूपमा कडा रूप देखाए पनि ट्रम्पको दाबीले भने भित्रि परिस्थिति फरक रहेको देखाउँछ। अमेरिकी राष्ट्रपतिले इरानलाई ‘आफ्नै मान्छेबाट मारिने डर’ रहेको भन्दै गरेको टिप्पणी गरेका छन्। ट्रम्पको यो भनाइ यस्तो समयमा आएको छ जब पश्चिम एसियामा शक्ति संघर्ष र सैन्य तनाव उत्कर्षमा पुगेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि–बालेन बिचको ट्रस्ट व्यवहारले नै देखाउँछ : सस्मित पोखरेल
-
राहदानी छपाइ प्रकरण : ठेकेदारलाई १ अर्ब पेस्की दिएको फेला
-
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
-
'सिनेमा मानव अधिकार प्रवर्द्धनको सशक्त माध्यम हो'
-
पिसाबमा गन्ध आउनु कुन रोगको लक्षण हो ?
-
कर्णालीको यातायात कार्यालयको आम्दानीको ८० प्रतिशत हिस्सा सवारी साधन कर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण