‘अवतार ३’ अब ओटीटीमा
सारांश
- हलिउड निर्देशक जेम्स क्यामरुनको फिल्म 'अवतार ३' रिलिज भएको तीन महिनापछि ओटीटी प्लेटफर्ममा आउने भएको छ।
- फिल्मले बक्स अफिसमा १.४९ बिलियन डलरको कमाइ गर्दै व्यावसायिक सफलता हासिल गरेको थियो र ओस्कर अवार्ड जितेको छ।
- 'अवतार ३' पछि, दर्शकहरू 'अवतार ४' र 'अवतार ५' को प्रतिक्षामा छन्, जुन क्रमशः २०२९ र २०३१ मा रिलिज हुनेछ।
एजेन्सी । हलिउड निर्देशक जेम्स क्यामरुनको साइन्स फिक्सन फिल्म ‘अवतारः फायर एण्ड एस’ (अवतार ३) हलमा रिलिज भएको तीन महिना मात्र भयो । हल रिलिजमा राम्रो व्यवसाय गर्न सफल फिल्म अब ओटीटी प्लेटफर्ममा रिलिज हुने भएको छ । फिल्म ३१ मार्च २०२६ देखि अन्तर्राष्ट्रिय दर्शकका लागि ‘डिज्नी प्लस’ ओटीटीमा आउने भएको छ ।
फिल्म करिब ४०० मिलियन डलरमा निर्माण भएको हो । फिल्मले बक्स अफिसमा १.४९ बिलियन डलरको कमाइ गर्दै व्यावसायिक सफलता हासिल गरेको थियो । फिल्मको उत्कृष्ट मेकिङ र प्राविधिक पक्षका कारण यसले ९८औँ एकेडेमी अवार्ड (अस्कर २०२६) मा ‘बेस्ट भिजुअल इफेक्ट्स’ को अवार्ड समेत हात पारेको छ । जेम्स क्यामरुनको यो फ्रेन्चाइज विश्वकै सबैभन्दा बढी कमाउने फिल्म सिरिजको रूपमा स्थापित छ ।
निर्देशक जेम्स क्यामरुनले पन्डोराको यो काल्पनिक संसारलाई अझ अगाडि लैजाने तयारी गरिसकेका छन् । ‘अवतार ३’ पछि अब फ्यानहरू ‘अवतार ४’ र ‘अवतार ५’ को पर्खाइमा छन् । क्यामरुनका अनुसार, चौथो फिल्म सन् २०२९ मा र पाँचौँ फिल्म सन् २०३१ मा रिलिज हुनेछ । ‘अवतार ३’ मा केट विन्सलेट, सिगर्नी वीभर र स्टीफन ल्याङ जस्ता दिग्गज कलाकारहरू मुख्य भूमिकामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण