सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

जनताको मुद्दा अघि बढाउन राप्रपाले सहयोग गर्छ : शाही

बिहीबार, १२ चैत २०८२, १५ : २४
बिहीबार, १२ चैत २०८२

सारांश

  • राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले देश र जनताको मुद्दालाई अघि बढाउन पार्टीको सहयोग रहने बताए।
  • उनले भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्न पार्टीले सहयोग गर्ने बताए।
  • सांसद शाहीले दुई तिहाइ नजिकको सरकारलाई खबरदारी गर्ने र दोषीलाई कारबाही गर्नुपर्नेमा जोड दिए।

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले देश र जनताको मुद्दालाई अघि बढाउन आफ्नो पार्टीको सहयोग हुने बताएका छन् ।

बिहीबार संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै शाहीले मुलुकमा भ्रष्टाचार अन्त्यका साथै सुशासन कायम गर्नेसहित देश र जनताको मुद्दालाई अघि बढाउन आफ्नो पार्टीको सहयोग हुने बताएका हुन् ।

उनले अबको संसद् पहिलेको संसद् जस्तो नहुने आफ्नो विश्वास रहेको बताए । उनले अब बन्ने करिव दुई तिहाइ नजिकको सरकारलाई राप्रपाले सदैव खबरदारी गरिरहने धारणा राखे ।

उनले जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्दै जोसुकै भएपनि कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप