जनताले दिएको मतलाई न्याय गर्दै अघि बढ्छौँ: स्वर्णिम वाग्ले
बिहीबार, १२ चैत २०८२, १५ : ३३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा स्वर्णिम वाग्लेले जनताले दिएको मतलाई न्याय गर्दै अघि बढ्ने बताएका छन् ।
बिहीबार संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै वाग्लेले यस पटक जनताले आफूहरूलाई ठुलो विश्वास गरेको मत दिएको भन्दै जनताले दिएको मतलाई न्याय गर्दै अघि बढ्ने बताएका हुन् ।
अब बन्ने सरकारको प्राथमिकता सुशासन र आर्थिक पुनर्संरचना हुने उनको भनाइ छ । त्यस्तै उनले गुणस्तरीय पुनर्निर्माणमा समेत सरकारको ध्यान केन्द्रित रहने धारणा राखे ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण