बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

युक्रेनी राष्ट्रपति जेलेन्स्की साउदी अरबमा, सुरक्षा र सैन्य प्रविधिबारे छलफल हुने

बिहीबार, १२ चैत २०८२, २३ : ००
बिहीबार, १२ चैत २०८२

सारांश

  • युक्रेनका राष्ट्रपति भ्लाेदमिर जेलेन्स्की साउदी अरबमा महत्त्वपूर्ण बैठकका लागि पुगेका छन्।
  • युक्रेनले मध्यपूर्वी देशहरूसँग सम्बन्ध सुदृढ बनाउन र सुरक्षाका लागि सहयोग खोज्दैछ।
  • युक्रेनले साउदी अरबलाई सैन्य र आर्थिक सहयोगको लागि आग्रह गरेको छ, जसको बदलामा सुरक्षा प्रविधि दिने प्रस्ताव छ।

काठमाडौँ । युक्रेनका राष्ट्रपति भ्लाेदमिर जेलेन्स्की ‘महत्त्वपूर्ण बैठक’ हरूका लागि साउदी अरब पुगेका छन्  छ । अमेरिका–इजरायल र इरानबिच बढ्दो तनावका बिच युक्रेनले मध्यपूर्वी देशहरूसँगको सम्बन्ध सुदृढ बनाउन यो भ्रमण तय गरेको हो ।

साउदी अरब ओर्लिएपछि सामाजिक सञ्जाल एक्स मार्फत जानकारी दिँदै राष्ट्रपति जेलेन्स्कीले भने, ‘म साउदी अरब आइपुगेको छु। यहाँ महत्त्वपूर्ण बैठकहरू तय गरिएका छन् । सुरक्षा सुनिश्चित गर्न हामीसँग सहकार्य गर्न तयार हुनेहरूको साथ र सहयोगलाई हामी कदर गर्छौँ ।’

जेलेन्स्कीको यस भ्रमण टोलीमा युक्रेनको राष्ट्रिय सुरक्षा तथा रक्षा परिषद्का प्रमुख रुस्टेम उमेरोभ पनि सहभागी छन् ।

इरानी आक्रमणबाट प्रभावित भएका यस क्षेत्रका देशहरूलाई युक्रेनले आफ्नो अत्याधुनिक हवाई रक्षा विशेषज्ञता र ड्रोन प्रविधि उपलब्ध गराउने प्रस्ताव गरेको छ । यसको बदलामा युक्रेनले रुसविरुद्धको जारी युद्धका लागि साउदी अरबबाट सैन्य तथा आर्थिक सहयोगको अपेक्षा राखेको छ ।

राष्ट्रपति जेलेन्स्कीले हालै एक सार्वजनिक सम्बोधनमा युक्रेनले दिने सुरक्षा सहयोगको बदलामा ‘पैसा र प्रविधि’ खोजिरहेको बताउका थिए । युक्रेनले यसअघि नै कतार र संयुक्त अरब इमिरेट्स (यूएई) जस्ता देशहरूमा आफ्ना विज्ञहरूको टोली पठाइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप