बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
आजकाे विनिमय दर

शुक्रबार अधिकांश विदेशी मुद्राको मूल्य घट्यो

शुक्रबार, १३ चैत २०८२, ०५ : २६
शुक्रबार, १३ चैत २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्रा विनिमय दर तोकेको छ।
  • अधिकांश विदेशी मुद्राको भाउ ओरालो लागेको छ।
  • बैंकले आवश्यकता अनुसार विनिमय दर संशोधन गर्न सक्ने जनाएको छ।

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ओरालो लागेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ०७ पैसा र बिक्रीदर १५० रुपैयाँ ६७ पैसा तोकिएको छ । यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०४ रुपैयाँ ३५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ४० पैसा र बिक्रीदर १०८ रुपैयाँ ८३ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ २४ पैसा र बिक्रीदर १७३ रुपैयाँ ९३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०० रुपैयाँ ३० पैसा र बिक्रीदर २०१ रुपैयाँ १० पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 150.07 150.67
EUR  (European Euro) 1 173.24 173.93
GBP  (UK Pound Sterling) 1 200.30 201.10
CHF  (Swiss Franc) 1 189.30 190.06
AUD  (Australian Dollar) 1 103.93 104.35
CAD  (Canadian Dollar) 1 108.40 108.83
SGD  (Singapore Dollar) 1 116.86 117.33
JPY  (Japanese Yen) 10 9.41 9.44
CNY  (Chinese Yuan) 1 21.72 21.81
SAR  (Saudi Arabian Riyal) 1 40.00 40.16
QAR  (Qatari Riyal) 1 41.06 41.22
THB  (Thai Baht) 1 4.57 4.59
AED  (UAE Dirham) 1 40.86 41.03
MYR  (Malaysian Ringgit) 1 37.57 37.72
KRW  (South Korean Won) 100 9.96 10.00
SEK  (Swedish Kroner) 1 15.99 16.06
DKK  (Danish Kroner) 1 23.19 23.28
HKD  (Hong Kong Dollar) 1 19.18 19.26
KWD  (Kuwaity Dinar) 1 489.39 491.34
BHD  (Bahrain Dinar) 1 397.48 399.07
OMR  (Omani Rial) 1 389.84 391.40

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप