जितु नेपालको आईएम जीतबहादुरमा गाँउले युवकको सङ्घर्ष कथा
शुक्रबार, १३ चैत २०८२, ०९ : ३६
सारांश
- हास्य कलाकार जितु नेपालको फिल्म 'आईएम जीतबहादुर'को टिजर सार्वजनिक भयो।
- फिल्ममा कलाकार बन्न गाउँबाट सहर पुगेका एक युवाको संघर्षको कथा देखाइएको छ।
- सुभेन्दु घोषको निर्देशन रहेको फिल्ममा जितु नेपाल, बर्षा राउत लगायतका कलाकारको अभिनय छ।
काठमाडौँ । हास्य कलाकार जितु नेपालको निर्माण रहेको फिल्म आईएम जीतबहादुरको टिजर सार्वजनिक गरिएको छ । भारतका बङ्गाली निर्देशक सुभेन्दु घोषको निर्देशनमा बनेको फिल्मको सार्वजनिक टिजरमा कलाकार बन्न गाउँबाट सहर पुगेर सङ्घर्ष गर्ने एक साधारण युवाको कथा चित्रण गरिएको छ ।
जितु नेपालकै मुख्य भूमिका रहेको फिल्ममा बर्षा राउत, प्रियंका कार्की, सन्दीप क्षेत्री, देशभक्त खनाललगायतको अभिनय छ । कर्मभूमि क्रिएशनको ब्यानरमा निर्माण भएको यस फिल्मका निश्चल कुवर र नीरज नेपाल कार्यकारी निर्माता हुन् । राजन सिंखडा र दीपेन्द्र अधिकारीले जितुलाई निर्माताको रूपमा सघाएका छन् ।
भारतीय सिनेमाटोग्राफर अरविन्दले खिचेको यो फिल्म आउँदो वर्षको असार महिना प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण