बेलारुसका राष्ट्रपतिले किमलाई दिए राइफल उपहार
सारांश
- बेलारुसका राष्ट्रपति लुकाशेन्कोले उत्तर कोरियाका नेता किम जोङ उनलाई राइफल उपहार दिए।
- दुई देशबीचको मित्रता सन्धिमा हस्ताक्षर भयो, जसमा पश्चिमी दबाबको सामना गर्न र सहकार्य विस्तार गर्ने सहमति भयो।
- उत्तर कोरिया र बेलारुसले कृषि, सूचना प्रविधि र सार्वजनिक स्वास्थ्य लगायतका क्षेत्रमा सहकार्य गर्ने सहमति जनाए।
मिन्स्क । बेलारुसका राष्ट्रपति आलेक्जान्डर लुकाशेन्कोले उत्तर कोरियाली नेता किम जोङ उनलाई राइफल उपहार दिएका छन् । प्योङयाङमा दुई देशबिच मित्रता सन्धिमा हस्ताक्षर भएको समयमा लुकाशेन्कोले किमलाई एउटा राइफल उपहार दिएको सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन् । बेलारुसको सरकारी भिडियोमा लुकाशेन्कोले मजाक गर्दै ‘शत्रुहरू देखा परे भने काम लागोस् भनेर’ आफूले स्वचालित राइफल ल्याएको भनेको सुनिन्छ । यसको प्रत्युत्तरमा किमले उनलाई तरबार र आफ्नो तस्बिर अंकित फूलदानी उपहार दिएका थिए ।
दुवै नेता रुस युक्रेन युद्धमा रूसका प्रमुख समर्थकका रूपमा चिनिन्छन् । भेटका क्रममा उनीहरूले पश्चिमी दबाबको सामना गर्न र आपसी सहकार्य विस्तार गर्न सहमति पनि जनाए । लुकाशेन्कोले सन्धिलाई आधारभूत भन्दै यसको महत्व औंल्याए भने यसले द्विपक्षीय सम्बन्धको स्थिर विकासलाई थप सुनिश्चित गर्ने किमले बताए । बेलारुसको समाचार संस्था बेल्टाका अनुसार लुकाशेन्कोले उत्तर कोरियाको भविष्य उज्ज्वल हुने विश्वास व्यक्त गरेका थिए ।
दुवै देशले कृषि, सूचना प्रविधि र सार्वजनिक स्वास्थ्यलगायत विभिन्न क्षेत्रमा सहकार्य गर्ने पनि सहमति गरेका छन् । उत्तर कोरियाली सरकारी समाचार संस्था केसीएनएले जनाएको छ । पश्चिमी देशहरूले मानवअधिकार उल्लङ्घन तथा रुसको युद्धमा समर्थन गरेको आरोप लगाउँदै बेलारुस र उत्तर कोरियामाथि कडा प्रतिबन्ध लगाएका छन् । उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रमका कारण पनि छुट्टै प्रतिबन्ध झेलिरहेको छ ।
यसैबिच,रुसको युद्ध अभियानमा सैनिक पठाउँदै आएको आरोप पनि उत्तर कोरियामाथि छ । पश्चिमी अधिकारीहरूका अनुसार युद्धका प्रारम्भिक महिनाहरूमा करिब एक हजार उत्तर कोरियाली सैनिक मारिएका थिए । यस हप्ता भ्लादिमिर पुटिनलाई पठाएको सन्देशमा किमले प्योङयाङ सधैं मस्कोसँग रहने बताएका थिए । उता युक्रेनले भने बेलारुसको भूमिलाई आक्रमणका लागि प्रयोग गरिएको आरोप लगाउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण