अर्थमन्त्री वाग्लेले गरेकाे निर्णयबारे के भने पूर्वअर्थमन्त्री खनालले ?
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग, २०८१ का महत्त्वपूर्ण सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेपछि पूर्वअर्थमन्त्री रामेश्वर खनालले स्वागत गरेका छन् । खनालले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अर्थमन्त्री वागलेको पहिलो निर्णयले शुभारम्भको संकेत गरेको बताए ।
वाग्लेले आयोगको सिफारिसअनुसार राजस्व अनुसन्धान विभाग खारेज गर्ने तथा विभिन्न १५ वटा ऐन खारेज वा संशोधन प्रक्रिया तत्काल अघि बढाउने निर्णय गरेका थिए ।
अर्थमन्त्री वाग्लेले चैत ११, २०८२ सम्मको ‘आर्थिक स्थितिपत्र’ पाँच दिनभित्र तयार पार्ने र सरकारको निर्वाचन वाचापत्रलाई कार्यान्वयनमा लैजान १०० दिने, अर्धवार्षिक तथा वार्षिक कार्ययोजना बनाइने बताउनुभयो । उनले वाचापत्रलाई आन्तरिकीकरण गर्दै प्रभावकारी कार्यान्वयनतर्फ सरकार अघि बढ्ने उल्लेख गरे।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण