केपी ओलीको पक्राउप्रति नेपाल निर्माण उद्योग परिषद्को आपत्ति
सारांश
- नेपाल निर्माण उद्योग परिषद्ले केपी शर्मा ओलीलाई पक्राउ गरिएको घटनाको भर्त्सना गरेको छ।
- परिषद्ले ओलीलाई निजी निवासबाट पक्राउ गर्नुलाई प्रतिशोधपूर्ण र बदलाभावको संज्ञा दिएको छ।
- परिषद्ले ओलीलाई तत्काल रिहा गर्न माग गर्दै देशभरका निर्माण व्यवसायीलाई आन्दोलनमा उत्रिन आह्वान गरेको छ।
काठमाडौँ । नेपाल निर्माण उद्योग परिषद्ले पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको घटनाप्रति घोर भर्त्सना र निन्दा गरेको छ ।
बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै परिषद्ले ओलीलाई उनकै निजी निवास गुण्डुबाट पक्राउ गरिनु प्रतिशोधपूर्ण र बदलाभाव भएको ठहर गरेको छ । परिषद्का अध्यक्ष बलिभद्र राना र महासचिव रामशरण देउजाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिक पूर्वाग्रह राखी प्रतिशोधपूर्ण भावले गरिएको यो पक्राउ लोकतन्त्र, विधिको शासन र न्यायको पक्षमा उभिनेहरू माथिको प्रहार हो ।’
परिषद्ले अध्यक्ष ओलीलाई तत्काल रिहा गर्न जोडदार माग गरेको छ । पार्टीमाथि परेको यस अप्ठ्यारो परिस्थितिमा एमालेको शुभेच्छुक संस्थाको रूपमा परिषद्ले पार्टीको हरेक क्रियाकलापमा सक्रिय सहभागिता रहने प्रतिबद्धता समेत जनाएको छ ।
साथै, परिषद्ले देशभरका आफ्ना आबद्ध सम्पूर्ण निर्माण व्यवसायीहरूलाई यो प्रतिशोधपूर्ण’ पक्राउको विरुद्धमा उभिन र आन्दोलित हुन आह्वान समेत गरेको छ । विज्ञप्तिमा यो कदमले मुलुकको लोकतान्त्रिक मूल्य र मान्यतामाथि नै प्रहार गरेको दाबी समेत गरिएको छ ।
_IiUfALSxWq.png)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण