पश्चिम एसिया युद्ध : वार्ताका लागि मध्यस्थता गर्दै पाकिस्तान
इस्लामवाद । पाकिस्तानले पश्चिम एसियाको युद्ध सामाधानार्थ वार्ताको लागि साउदी अरेबिया, टर्की र इजिप्टका विदेश मन्त्रीहरू इस्लामावादमा आउने तयारी भएको जनाइएको छ ।
पाकिस्तानी विदेश मन्त्री इशाक दारले ती देशका आफ्ना समकक्षीहरूलाई आमन्त्रित गरेका हुन् । उनीहरू आइतबार र सोमबार पाकिस्तानी राजधानीमा हुने बताइएको छ। भ्रमणको क्रममा विदेश मन्त्रीहरूले यस क्षेत्रमा तनाव कम गर्ने प्रयाससहित विभिन्न विषयमा गहन छलफल गर्ने विदेश मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ ।
विदेश मन्त्रीहरूले पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफलाई पनि भेट्ने कार्यक्रम रहेको बताइएको छ । विदेश मन्त्रालयको स्रोतले यसअघि सोमबार बहुपक्षीय बैठक हुने र प्रतिनिधिमण्डल आइतबार साँझ सम्म पाकिस्तान पुग्ने अपेक्षा गरेको जनाएको थियो ।
द्वन्द्व बढ्दै जाँदा इरान र संयुक्त राज्य अमेरिकाबिच एक प्रमुख सहयोगीको रूपमा देखा पाकिस्तान परेको छ, जसले दुई पक्षहरू बिचको सन्देशका लागि मध्यस्थताको रूपमा काम गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपामा महाधिवेशनमा दैनिक ९ क्विन्टलसम्म मटन खपत
-
रातो किताब अध्ययन गर्न समय नपुगेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित
-
गाउँमै सम्भावना खोज्दै बर्दियाका महिला
-
चन्द्रागिरिमा रेबिजका कारण एक पुरुषको मृत्यु
-
बागमतीको बजेटः आफ्नै मापदण्ड लत्याउँदै टुक्रे योजनाको ओइरो
-
विकल्प नदिई सडकपेटीबाट हटाएको भन्दै दृष्टिविहीनहरू आन्दोलित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण