कार्कीलाई सुरक्षा 'खतरा'
जाँचबुझ आयोगका अध्यक्ष कार्कीलाई सुरक्षा थ्रेट
जिल्ला सुरक्षा समितिमा छलफल हुँदै
शनिबार, १४ चैत २०८२, २० : ०३
१
काठमाडौँ । जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगका अध्यक्ष गैरीबहादुर कार्कीलाई धम्की आएको छ ।
अज्ञात व्यक्तिहरुले धम्की दिएको उनले सरकारलाई जानकारी गराएका छन् । भक्तपुरको गुण्डुस्थित कार्कीको निवासमा सुरक्षा सतर्कता बढाइएको छ । उनलाई भक्तपुरबाट अन्यत्र सुरक्षित स्थानमा राख्नेबारे छलफल गर्न काठमाडौं जिल्ला सुरक्षा समितिको बैठक डाकिएको छ ।
उनलाई कहाँ राख्ने भन्नेबारे जिल्ला सुरक्षा समितिले निर्णय गर्ने एक जना उच्च सुरक्षा अधिकृतले रातोपाटीलाई बताए ।
कार्कीलाई सेना वा सशस्त्र प्रहरीको ब्यारेकमा राख्ने विकल्पमा छलफल भइरहेको बताइएको छ । कार्की नेतृत्वको आयोगको सिफारिसको आधारमा शनिवार पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
इङ्ल्यान्डलाई ठुलो झट्का : स्लो ओभर रेटका कारण विश्व टेस्ट च्याम्पियनसिपमा १२ अङ्क गुमायो
-
अत्यधिक गर्मी बढेपछि बेदकाटका विद्यालय चार दिन बन्द
-
बेलायतमा नयाँ नेतृत्वका लागि जुलाई ९ बाट मनोनयन खुल्ने, उत्तराधिकारी नचुनिएसम्म स्टार्मर नै प्रधानमन्त्री रहने
-
हरमनप्रितको ऐतिहासिक २००औँ खेल
-
पदबाट राजीनामा दिने क्रममा परिवारको प्रसङ्ग निकाल्दै भावुक बने कीर स्टार्मर
-
पुष्पा २ प्रिमियर भागदौड प्रकरण : अभिनेता अल्लू अर्जुन अदालतमा भर्चुअली उपस्थित हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण