इजरायल–हेजबुल्लाह युद्धमा ४६ उद्धारकर्ता र पाँच स्वास्थ्यकर्मीको मृत्यु : लेबनान
शनिबार, १४ चैत २०८२, २२ : १९
लेबनान । हेजबुल्लाहसँग युद्ध सुरु भएको दिन मार्च २ देखि इजरायलले गरेको आक्रमणबाट ४६ सहायताकर्मी र पाँच स्वास्थ्यकर्मीको मृत्यु भएको लेबनानका स्वास्थ्यमन्त्री राकान नासेरेद्दीनले शनिबार बताएका छन् ।
नासेरेद्दीनले एक पत्रकार सम्मेलनमा भने, “युद्ध भएदेखि करिब एक महिनाको समयमा ४६ जना स्वास्थ्य सहायताकर्मी र पाँच स्वास्थ्यकर्मी गरी ५१ जनाको मृत्यु भएको छ। मृत्युहुनेमध्ये नौ जनाले शनिबार शाहादत प्राप्त गरेका हुन् ।”
दक्षिण लेबनानमा शनिबार मारिएका नौ चिकित्सकमा हेजबुल्लाहको इस्लामिक स्वास्थ्य समितिका चार जना रहेका छन् जसलाई उद्धार अभियानका क्रममा इजरायली आक्रमणको निशाना बनाइएको थियो र पाँच जना हेजबुल्लाह–सहयोगी अमाल आन्दोलनका ‘रिसाला स्काउट्स’को सेवामा रहेका समय मारिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण