अदालत
रमेश लेखकलाई अदालतमा उपस्थित गराइँदै
आइतबार, १५ चैत २०८२, १० : ४९
सारांश
- पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई आइतबार काठमाडौं जिल्ला अदालतमा पेश गरिनेछ।
- उनीहरूलाई जरुरी पुर्जी थमाएर पक्राउ गरिएको थियो, जसअनुसार २४ घण्टाभित्र अदालतमा उपस्थित गराउनुपर्छ।
- भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले ओली र लेखकलाई दोषी ठहर गर्दै कैद सजायको सिफारिस गरेको थियो।
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई आइतबार (आज) काठमाडौँ जिल्ला अदालत उपस्थित गराइँदैछ ।
दुवै जनालाई जरुरी पुर्जी थमाएर उनीहरुलाई पक्राउ गरेको थियो । जरुरी पुर्जी थमाएर पक्राउ गरेको २४ घन्टाभित्र अदालतमा उपस्थित गराउनुपर्छ । गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले ओली र लेखकलाई दोषी देखाउँदै तीनदेखि १० वर्षसम्म कैद सजायको सिफारिस गरेको थियो ।
गत भदौ २३ गते जेनजी आन्दोलनका क्रममा हेलचेक्र्याइँपूर्वक ज्यान मारेको अभियोगमा पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक पक्राउ परेका हुन् । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनले ७६ जनाको ज्यान जानेगरी भएको आन्दोलनको मुख्य दोषी ओली र लेखकलाई ठहर गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण