बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सरकारको १०० बुँदे कार्यसूचीमा खेलकुद क्षेत्र समेटिएन

आइतबार, १५ चैत २०८२, १२ : ०१
आइतबार, १५ चैत २०८२

सारांश

  • नेपाल सरकारले शासकीय सुधार र सुशासनका लागि १०० बुँदे कार्यसूची सार्वजनिक गरेको छ।
  • शुक्रबार मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको कार्ययोजना शनिबार सार्वजनिक गरिएको थियो।
  • कार्यसूचीमा खेलकुद सम्बन्धी कुनै पनि बुँदा समावेश गरिएको छैन, तर शिक्षाको विषयहरू छन्।

काठमाडौँ । नेपाल सरकारले शासकीय सुधार, सुशासन र नागरिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले १०० बुँदे कार्यसूची सार्वजनिक गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले उक्त कार्ययोजना स्वीकृत गरी शनिवार सार्वजनिक गरेको थियो ।

शनिवार सार्वजनिक गरिएको कार्यसूचीमा खेलकुदसम्बन्धी कुनै पनि बुँदा परेको छैन । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले हाल शिक्षा र खेलकुद मन्त्रालय एकै साथ राखेको छ ।

खेलकुदसम्बन्धी कुनै पनि कार्यसूची नपरे पनि शिक्षातर्फ दलगत विद्यार्थी सङ्गठन खारेज गर्ने लगायतका विषयहरू परेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप