सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
राजनीति

नेकपा संसदीय दलको नेतामा प्रचण्ड सर्वसम्मत चयन

आइतबार, १५ चैत २०८२, १४ : ४९
आइतबार, १५ चैत २०८२

सारांश

  • नेकपा संसदीय दलको नेतामा पुष्पकमल दाहाल 'प्रचण्ड' चयन भएका छन्।
  • आइतबार बसेको बैठकले प्रचण्डलाई सर्वसम्मत दलको नेता चयन गरेको हो।
  • दलको उपनेता भने पछि चयन गर्ने सहमति भएको छ, जसमा नेकपाका १७ सांसद निर्वाचित भएका थिए।

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी संसदीय दलको नेता चयन भएका छन् । 

आइतबार बसेको नेकपा संसदीय दलको बैठकले प्रचण्डलाई दलको नेतामा सर्वसम्मत चयन गरेको नेता युवराज दुलाले जानकारी दिए । 

त्यस्तै दलको उपनेता भने पछि चयन गर्ने सहमति भएको सो पार्टीले जनाएको छ । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा नेकपाका १७ सांसद निर्वाचित भएका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप