‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि जितेर हिमालय चितुवाद्वारा विश्व कीर्तिमान
काठमाडौँ । बक्सर अविरल घिमिरेले ‘केवानक्रस १८८ किक बक्सिङ च्याम्पियनसिप’को उपाधि चुम्न सफल भएका छन् । बक्सिङ खेल क्षेत्रमा ‘हिमालय चितुवा’का रूपमा विश्वपरिचित उनी ‘के वान क्रस’को उपाधि दुई पटक जित्दै नयाँ विश्व कीर्तिमान कायम गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।
जापानको टोकियो सहरमा शनिबार भएको सो प्रतियोगितामा हिमालय चितुवाले जापानका प्रतिस्पर्धी रिकुलाई नकआउटमा पराजित गर्दै पुनः दोस्रो पटक ‘टाइटल बेल्ट’को उपाधि रक्षा गरेका हुन् । ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्पियनसिप’लाई बक्सिङ खेल क्षेत्रको सर्वोच्च प्रतियोगिता मानिन्छ ।
हिमालय चितुवाका पिता तथा बक्सर देव घिमिरेका अनुसार अविरलले उक्त प्रतियोगिताको तेस्रो राउण्डको दोस्रो मिनेटमा जापानी खेलाडी रिकुलाई नकआउट गरेका थिए ।
टोकियो नागोयास्थित विश्वप्रसिद्ध एवं प्रतिष्ठित ‘हिट किक बक्सिङ क्लब’मार्फत हिमालय चितुवाले खेल्दै आएका छन् । हालसम्म उनले तीनपटक हिट किक बक्सिङ टाइटल डिफेन्स गर्दै चार पटक हिट किक बक्सिङ टाइटल म्याच, अन्तर्राष्ट्रिय किक बक्सिङ एसोसिएसन (इस्का) टाइटल र केवान क्रस १७५ टाइटल जित हासिल गरिसकेका छन् ।
हालसम्म २५ अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिँदै १९ मा जित निकाल्ने क्रममा १८ वटामा नकआउट गर्दै जित आफ्नो पक्षमा पार्ने उनी पहिलो नेपाली बक्सर बनेका छन् । यस्ता उपाधि हासिल गर्ने पहिलो नेपाली बक्सरका रूपमा उनले नयाँ इतिहास कायम गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण