मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
म्याद थपबारे बहस

ओलीलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न माग

आइतबार, १५ चैत २०८२, १५ : २६
आइतबार, १५ चैत २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘थुना म्याद थप’ प्रकरणमा बहसमा पूर्वमहान्यायाधिवक्ता रमेश बडालले उनलाई थुनाबाहिरै राखेर भदौ २३ र २४ को घटनामा अनुसन्धान गर्न माग गरेका छन् ।

‘प्रतिवेदनमा मनशायपूर्वक मार्न खोजेको, मार्ने नियत नभएको भनेर आएको छ,’ जिल्ला न्यायाधीश आनन्द श्रेष्ठको इजलासमा बहस गर्दै बडालले भने, ‘तत्कालै मान्छे भागेर जाने अवस्थाको विद्यमानता पनि छैन । प्रमाण नष्ट गर्न सक्ने अवस्था पनि छैन । यसकारण म्याद थप्न पर्दैन ।’

उनले इजलासमा जेनजी आन्दोलनका बेला भदौ २३ गते ओलीले गोली चलाउने आदेश नदिएको र घटनाको विवरण जानकारीकै आधारमा मात्रै मुद्दा चलाउन नमिल्ने जिकिर गरे । जेनजी आन्दोलनको छानबिन आयोग प्रतिवेदनकै आधारमा मुद्दा चलाउने आधार नभएको इजलासमा उनको जिकिर थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप