कस्तो छ एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था ?
सारांश
- एमाले अध्यक्ष केपी शर्मा ओलीको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
- मुटुको धड्कनमा समस्या देखिएपछि ओलीलाई शनिबार अस्पताल भर्ना गरिएको हो।
- ओलीको स्वास्थ्य अवस्थाको विशेषज्ञ चिकित्सकको टोलीले निगरानी गरिरहेको छ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा उपचार चलिरहेको जनाइएको छ ।
मुटुको धडकनमा समस्या देखिएपछि उनलाई शनिबार अस्पताल भर्ना गरिएको अस्पताल प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
हाल ओलीलाई अहिले अस्पतालको एनेक्स-१ स्थित बेड नं. ५०१ मा राखेर चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा उपचार गरिएको छ ।
मिर्गौला प्रत्यारोपण गरिसकेका ओलीमा मधुमेह, उच्च रक्तचाप, थाइराइड, मिर्गौलामा समस्या, मुटुको चालमा गडबडी र पत्थरी जस्ता स्वास्थ्य समस्याहरू रहेका छन् ।
हाल विशेषज्ञ चिकित्सकको टोलीले उनको स्वास्थ्य अवस्थाको निरन्तर अनुगमन र उपचार गरिरहेको अस्पतालले जनाएको छ । ओली जेनजी आन्दोलन दबाउन भूमिका खेलेको आरोपमा शनिबार फौजदारी कसुरमा पक्राउ परेका थिए । लगत्तै उनी अस्पताल भर्ना भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण