भित्र छिर्न नदिएको आक्रोशमा एमाले कार्यकर्ताले कुटे गेटपाले
काठमाडौँ । बबरमहलस्थित सरकारी कार्यालय परिसरमा प्रहरीसँगको झडपका क्रममा भएको भागदौडपछि भित्र छिर्न खोज्ने एमाले कार्यकर्ताको आक्रमणबाट एक गेटपाले घाइते भएका छन् ।
कार्यालयभित्र प्रवेश गर्न नदिएको भन्दै आक्रोशित कार्यकर्ताले गेटपालेमाथि हमला गरी कुटपिट गरेका हुन् ।
घटना आज दिउँसो बबरमहल क्षेत्रमा प्रहरी र नेकपा एमाले कार्यकर्ताबिचको झडपपछि भएको थियो । झडप र त्यसपछिको भागदौडका क्रममा केही एमाले कार्यकर्ता सरकारी कार्यालय परिसरभित्र छिर्न खोजेका थिए, सोही क्रममा कार्यालयको मुख्य गेटमा खटिएका गेटपाले (परिचय खुल्न नसकेको) ले उनीहरूलाई भित्र प्रवेश गर्न रोक्न खोज्दा आक्रोशित कार्यकर्ताले उनमाथि संगठित रूपमा हमला गरेका थिए ।
कुटपिटका कारण गेटपालेको टाउकोमा चोट लागेको छ ।
घाइते गेटपालेलाई तत्काल उपचारका लागि नजिकैको अस्पताल लगिएको छ । उनको स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी आउन बाँकी छ ।
घटनापछि घटनास्थलमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रहरीले आक्रमणमा संलग्न व्यक्तिको पहिचान गरी कारबाहीका लागि अनुसन्धान अघि बढाएको जनाएको छ । प्रहरी र एमाले कार्यकर्ताबीचको झडपको कारणबारे भने विस्तृत जानकारी आइसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण