कार्की आयोगले नाम जोडेपछि शिव परियारले भने- सत्य बुझ्न प्रश्न सोधेको थिएँ, भ्रम फैलाएको छैन
सारांश
- गायक शिव परियारले गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमा आफूलाई 'भ्रामक प्रचार गर्ने व्यक्ति' को रूपमा उल्लेख गरेकोमा आपत्ति जनाएका छन्।
- उनले उक्त निष्कर्ष वास्तविकतामा आधारित नरहेको र आफूमाथि अन्याय भएको दाबी गर्दै प्रतिवेदन पुनर्मूल्याङ्कन गर्न माग गरेका छन्।
- परियारले सामाजिक सञ्जालमा जिज्ञासा राखेको र पछि हटाएको कुरालाई केही सञ्चारमाध्यमले बङ्ग्याएर समाचार बनाएको बताए।
काठमाडौँ । गायक शिव परियारले गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमा आफूलाई 'भ्रामक प्रचार गर्ने व्यक्ति' को रूपमा उल्लेख गरिएकोमा आपत्ति जनाएका छन्।सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले आयोगको उक्त निष्कर्ष वास्तविकतामा आधारित नरहेको र आफूमाथि अन्याय भएको दाबी गरेका हुन्।
भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका क्रममा सामाजिक सञ्जालमा फैलिएको एक हल्लाको सत्यता बुझ्न आफूले जिज्ञासा मात्र राखेको परियारले स्पष्ट पारेका छन्। उनले 'बेपत्ता पारिएका ३२ जना संसद भवनभित्र मृत फेला भन्ने खबर छ, के यो सत्य हो?' भनी पोस्ट गरेको र पछि त्यो गलत भएको थाहा पाउनासाथ हटाएको उल्लेख गरेका छन्।
विज्ञप्तिमा उनले भनेका छन्, 'मेरो पोस्ट कुनै दाबी वा भ्रम फैलाउने उद्देश्यले थिएन, केवल सत्य तथ्य बुझ्नका लागि गरिएको एउटा प्रश्न मात्र थियो। तर केही सञ्चारमाध्यमले विषयलाई बङ्ग्याएर समाचार सम्प्रेषण गरे र सोही आधारमा आयोगले मलाई दोषीका रूपमा चित्रण गर्यो।'
यसबाट आफ्नो व्यक्तिगत प्रतिष्ठा र कलाकारको रूपमा रहेको सामाजिक छविमा गम्भीर चोट पुगेको भन्दै उनले सरकारसँग प्रतिवेदनको उक्त निष्कर्षलाई पुनर्मूल्याङ्कन गर्न माग गरेका छन्।
आफू एक जिम्मेवार नागरिक र कलाकार भएको नाते सदैव सत्यको पक्षमा रहेको र राज्यलाई आवश्यक परेको खण्डमा सहयोग गर्न तयार रहेको समेत परियारले बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण