गण्डकी उद्योग वाणिज्य सङ्घमा कँडेल र सुवेदी भिड्ने
सारांश
- नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशको अध्यक्षमा नवराज सुवेदी र नरेश कँडेलले उम्मेदवारी दिएका छन्।
- उपाध्यक्षमा सूर्यबहादुर भुजेल र हरिकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्।
- कोषाध्यक्ष पदका लागि राजेन्द्र ओझा र गोपी अधिकारीले उम्मेदवारी दिएका छन्।
पोखरा । नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशको अध्यक्षमा २ जनाको उम्मेदवारी परेको छ । महासङ्घको चौथो महाधिवेशनबाट नेतृत्वका लागि २ जनाले दाबी गरेका हुन् । हालका कोषाध्यक्ष तथा स्याङ्जा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष नवराज सुवेदी र बागलुङ उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष नरेश कँडेलको उम्मेदवारी परेको हो ।
उपाध्यक्षमा भने निर्विरोध भएको छ । एसोसिएटतर्फको उपाध्यक्षमा वर्तमान उपाध्यक्ष सूर्यबहादुर भुजेल र बस्तुगततर्फ हरिकुमार श्रेष्ठको मात्र उम्मेदवारी परेपछि उनीहरू निर्विरोध भएका हुन् । जिल्ला नगर उपाध्यक्षमा भने लेखनाथ उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी र लमजुङका मृगेन्द्र घिमिरेले उम्मेदवारी दिएका छन् ।
कोषाध्यक्ष पदमा लेखनाथ उद्योग वाणिज्य सङ्घका तर्फबाट राजेन्द्र ओझा र गोपी अधिकारीले उम्मेदवारी दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीमा जिल्ला नगरतर्फ २३, एसोसिएटमा ५५ र बस्तुगततर्फ ६ जना सदस्य छन् ।
एसोसिएट सदस्यमा रामचन्द्र रेग्मी र काशी गुरुङको उम्मेदवारी परेको छ भने जिल्ला नगरतर्फ विमलप्रसाद रिमाल, ढालेन्द्र छन्त्याल,रामकुमार श्रेष्ठ,दीपकप्रसाद सापकोटा, ठाकुर बी पौडेल र हस्तबहादुर खड्काले उम्मेदवारी दर्ता गराएका छन् । बस्तुगत सदस्यमा हीरामणि पण्डित र चन्द्रकिशोर गौतमले उम्मेदवारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण