सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

इरानमा धेरै ‘लक्षित स्थान’ ध्वस्त पारिएको ट्रम्पको दाबी

सोमबार, १६ चैत २०८२, १२ : ०६
सोमबार, १६ चैत २०८२

सारांश

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा अमेरिकी सेनाले महत्त्वपूर्ण लक्ष्यहरू ध्वस्त पारेको दाबी गरे।
  • उनले सामाजिक सञ्जालमार्फत इरानमा निशाना बनाइएका स्थानहरू ध्वस्त पारेको बताए।
  • अमेरिकी सेनाको मध्य कमान्ड सेन्टकमले इरानभर ९ हजारभन्दा बढी स्थानमा आक्रमण गरेको जनाएको छ।

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा अमेरिकी सेनाले धेरै महत्त्वपूर्ण लक्ष्यहरू ध्वस्त पारेको दाबी गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत यसबारे छोटो सन्देश सार्वजनिक गरेका हुन् । 

ट्रम्पले लेखेका छन्– ‘इरानमा ठुलो दिन । लामो समयदेखि निशाना बनाइएका धेरै स्थानहरू हाम्रो महान् सेनाले ध्वस्त पारेको छ । विश्वकै सबैभन्दा शक्तिशाली र घातक सेना ।’

यसअघि अमेरिकी सेनाको मध्य कमान्ड सेन्टकमले गत साता इरानभर ९ हजारभन्दा बढी स्थानमा आक्रमण गरिएको जानकारी दिएको थियो । यद्यपि, ती आक्रमणका विस्तृत विवरण र क्षतिको यथार्थ अवस्था भने पूर्ण रूपमा सार्वजनिक गरिएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप