श्रम स्वीकृति लिनका लागि टोकन प्रणाली हटाइयो
सारांश
- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृति लिनको लागि टोकन प्रणाली आइतबार हटाएको छ।
- नयाँ व्यवस्था अनुसार, अब आवेदन दिएकै दिन वैदेशिक रोजगारीमा जाने नागरिकले श्रम स्वीकृति पाउनेछन्।
- विभागले तोकिएको कागजात पेस भएमा सोही दिन श्रम स्वीकृति दिने जनाएको छ।
काठमाडौँ । आइतबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृति लिनको लागि टोकन प्रणाली हटाएको छ ।
मन्त्रालयले उक्त टोकन प्रणाली हटाएसँगै आजदेखि आवेदन दिएकै दिन श्रम स्वीकृति पाइने भएको छ । विगतमा टोकन प्रणालीबाट दैनिक निश्चित सङ्ख्यामा मात्रै श्रम स्वीकृति हुँदै आएको थियो ।
तर नयाँ सरकार आएसँगै उक्त प्रणाली हटाएर अब आवेदन दिएकै दिन वैदेशिक रोजगारीमा जाने नागरिकले श्रम स्वीकृत पाउने भएका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृतिमा रहेको टोकन प्रणालीको अन्त्य गरी आवेदन दिएको दिन श्रम स्वीकृति प्रदान हुने व्यवस्था गर्न वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको थियो ।
सोही आधारमा विभागले आवेदन दिएकै दिन श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाएको जनाएको छ । तोकिएको कागजात पेस भएको अवस्थामा सोही दिन श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति हुने व्यवस्था गरिएको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलैयामा मिनी ट्रक दुर्घटना : एकको मृत्यु, चालक पक्राउ
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण