छात्रवृत्तिको रकम हिनामिना गरेको आरोपमा प्रधानाध्यापकसहित तीन जनाविरुद्ध मुद्दा दायर
जुम्ला । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको तातोपानी गाउँपालिकास्थित गणेश माध्यमिक विद्यालयका तीन जना पदाधिकारीमाथि छात्रवृत्ति रकम हिनामिना गरेको आरोपमा विशेष अदालत काठमाडौँमा सोमबार आरोपपत्र दायर गरेको छ ।
आर्थिक वर्ष २०७९/०८० को १ लाख ४५ हजार ३५० रुपैयाँ छात्रवृत्ति रकम विद्यार्थीहरूलाई वितरण नगरी प्रधानाध्यापक नरेन्द्र बहादुर महत, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिल प्रसाद भट्टराई र लेखा सहायक कृष्ण कामीले मिलेमतोमा हिनामिना गरेको आयोगको अनुसन्धानले देखाएको छ ।
उनीहरूले नक्कली भरपाई तयार पारी मिति केरमेट गरी झुट्टा विवरण पेस गरेको र स्थलगत अनुसन्धानमा समेत विद्यार्थीले छात्रवृत्ति नपाएको पुष्टि भएको अख्तियारले जनाएको छ ।
आरोपितहरूमाथि भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कसुर कायम गरी बिगो बमोजिम कैद र जरिवाना तथा बिगो असुलउपरको मागदाबी लिइएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण