मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

तत्काल नयाँ श्रम स्वीकृति नखोलिने, पुनः श्रम स्वीकृति भने खोलिने

सोमबार, १६ चैत २०८२, १९ : ३८
सोमबार, १६ चैत २०८२

सारांश

  • श्रम मन्त्रालयले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको अवस्थाबारे छलफल गरेको छ।
  • नयाँ श्रम स्वीकृति तत्काल नखुल्ने तर पुनः श्रम स्वीकृति खोल्न सकिने निष्कर्ष बैठकले निकाल्यो।
  • बैठकमा श्रमिकको आवास, स्वास्थ्य, र सुरक्षा लगायतका विषयमा छलफल भयो।

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका लागि विभिन्न गन्तव्य मुलुकमा कार्यरत नेपाली श्रमिकहरूको अवस्थाबारे छलफल गर्न श्रम कन्सुलर र श्रम सहचारीहरूसँग आज  भर्चुअल बैठक गरेको छ ।

बैठकमा तत्काल नयाँ श्रम स्वीकृति खोल्न नसकिने तर पुनः श्रम स्वीकृति खोल्न सकिने राय आएको मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले जानकारी दिए । उनका अनुसार बैठकमा श्रमिकहरूको आवासीय सुविधा, जीवनस्तर, स्वास्थ्य परीक्षणको व्यवस्था र कार्यस्थलको सुरक्षा जस्ता महत्त्वपूर्ण पक्षहरूमा विस्तृत छलफल भएको छ ।

विशेषगरी पश्चिम एसियाका मुलुकहरूमा अहिलेको परिस्थितिमा कार्यरत नेपाली श्रमिकहरूको वर्तमान अवस्था र उनीहरूका गुनासोबारे छलफल भएको छ । श्रम कन्सुलर तथा श्रम सहचारीहरूले यस विषम परिस्थितिमा श्रमिकहरूको अवस्थाबारे मन्त्री र सचिवलगायतको उपस्थितिमा विस्तृत जानकारी गराएका थिए।

जानकारी लिइसकेपछि बैठकले तत्काल नयाँ श्रम स्वीकृति खोल्न नसकिने निष्कर्ष निकालेको छ, यद्यपि पुनः श्रम स्वीकृति भने खोल्न सकिने राय प्राप्त भएको घिमिरले बताए । 

बैठकमा वैदेशिक रोजगार बोर्डद्वारा सञ्चालित सेफ हाउस र सेल्टरहरूको व्यवस्थापनका विषयमा पनि छलफल भएको थियो । यसअन्तर्गत बोर्डबाट निकासा भएको रकम नियमित रूपमा खर्च गर्ने, समयमा सम्बन्धित निकायमा प्रतिवेदन पेस गर्ने, दूतावास तथा श्रम कन्सुलर र श्रम सहचारीहरू मार्फत गन्तव्य मुलुकहरूमा आवश्यक सूचना प्रवाह गर्ने र प्राप्त गुनासो तथा सूचनाहरूको यथाशक्य छिटो फर्स्योटका लागि पहल गर्नेबारे छलफल भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप