सर्यो रेखाको फिल्म ‘३६ को आँकडा’
सारांश
- चलचित्र '३६ को आँकडा' को प्रदर्शन प्राविधिक कारणले स्थगित भएको छ।
- निर्देशक सबिर श्रेष्ठका अनुसार, ब्याकग्राउन्ड म्युजिकलगायतका प्राविधिक काम बाँकी छन्।
- प्रदर्शन स्थगित भएसँगै रेखा थापा र निर्देशक सबिर श्रेष्ठबीचको सम्बन्ध चिसिएको चर्चा छ।
काठमाडौँ । फिल्म ‘३६ को आँकडा’को प्रदर्शन सार्ने भएको छ । चैत २७ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्मको प्राविधिक काम अझै बाँकी रहेको कारण फिल्म सर्ने भएको हो ।
निर्देशक सबिर श्रेष्ठले फिल्मको प्राविधिक काम नसकिएको कारण फिल्मको प्रदर्शन सार्ने बताए । ‘फिल्मको अझै ब्याकग्राउड म्युजिक लगायत थुप्रै प्राविधिक काम बाँकी छ । जसले गर्दा फिल्म निर्धारित मितिमा प्रदर्शन गर्न नसकिने भइयो’, श्रेष्ठले भने, ‘अब काम सकिएपछि निर्माताहरूसँग सल्लाह गरेर मिति तोक्छौँ ।’
फिल्मको प्रदर्शन रोकिएसँगै अभिनेत्री रेखा थापा र निर्देशक सबिर श्रेष्ठबिचको सम्बन्ध चिसिएको चर्चा फिल्म क्षेत्रमा छ । तर यस विषयमा दुवैले बोल्न चाहेनन् ।
चैत २७ को मितिबाट टसमस नहुने अडानका साथ निर्माण जुटेको फिल्ममा रेखा थापा, पूजा शर्मा, महेश त्रिपाठी, पुष्प खड्का, निरुता सिंहको मुख्य अभिनय छ। यसअघि रेखा र निरुताले फिल्म ‘दुई पल’मा अभिनय गरेका छन् । फिल्म रेखा थापाले बनाएकी हुन् ।
‘३६ को आँकडा’ २७ चैतबाट बाहिरिएपछि सोही मितिमा प्रदर्शन हुने अन्य दुई फिल्म विराज भट्टको ‘राम नाम सत्य’ र सागर लम्साल (बले) को ‘डल्लेले इन्ट्री मार्यो’लाई राहत मिलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण